‘कांग्रेसले रेणुलाई मेयर पद दाइजो दिएको हो, गुन भुल्नुभयो’

चितवन । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेपाली कांग्रेसलाई नभुल्न चेतावनी दिएका छन् ।

भरतपुरमा मंगलबार बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा शाहीले रेणु दाहाललाई कांग्रेस मेयरमा जिताएकाले त्यो गुन भुल्न नहुने बताए ।

‘नेपाली कांग्रेसले रेणु दाहाललाई जिताएको हो । उहाँले यो कुरा भुल्नु हुँदैन’, उनले भने, ‘रेणुलाई हामीले मेयर पद दाइजोमा दियौँ । उहाँले चेली भएर त्यो कुरा भुल्नु हुँदैन ।’

मेयर दाहालले नेपाली कांग्रेसलाई पाखा लगाएर काम गर्न खोजे असफल हुने शाहीले चेतावनी दिए ।

‘मेयर र उपमेयर महिला हुनुहुन्छ । उहाँहरु मिलेर काम गर्नुपर्छ । आसेपासेका कुरा सुनेर विवाद गर्नु हुँदैन’, उनले भने, ‘संगै चुनाव लड्ने । संगै जित्ने । कांग्रेसको मतले जित्ने । अनि रेणु दाहालले कांग्रेसबाट निर्वाचित उपमेयर पार्वती शाहलाई पेलेर जान खोज्दा समस्या उत्पन्न भएको छ ।’

भरतपुर महानगरपालिकामा मेयर र उपमेयरबीच विवाद छ । मेयर दाहाल र उपमेयर शाहलाई आसपासका व्यक्तिले विवाद उत्पन्न गराइदिएको आरोप छ ।

Published : Tuesday, 2019 March 12, 11:39 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया