ओली-प्रचण्ड समाधान होइन, द्धन्द्ध निम्ताउन चाहन्छन्ः रामचन्द्र पौडेल

छत्रदेव । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समस्या समाधानका लागि लापरवाही गरेको बताएका छन् ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा बुधबार राशिप स्मृति प्रतिष्ठानको शालिक अनावरण तथा नवर्निमित भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले केपी ओलीको हावादारी नीतिले फेरि देश द्धन्द्धमा भासिने संकेत देखापरेको बताए ।

‘सर्पको खुट्ट सर्पले देख्छ भने जस्तै विप्लवको समस्या समाधान गर्नुस् भनेर एक वर्ष अगाडि ओली र प्रचण्डालाई भनेको थिएँ । उहाँहरुले मेरो कुरा सुन्नु भएन’, उनले भने, ‘सरकारको गलत नीति कारण फेरि देश द्धन्द्धमा जाने खतरा भएको छ ।’

विप्लवको नेकपाले बन्द आह्वान गरेकोमा विरोध गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेलले सरकार र नेकपालाई लुटेराको संज्ञा दिए । उनले जनतालाई दवाव दिएर जबरजस्ती बन्द गराउन नहुने बताए ।

कम्युनिस्टहरुको जन्म हिंसाबाट भएको भन्दै विश्वबाट नै कम्युनिस्ट शासन भएका देशहरुमा जस्तै नेपालमा पनि कम्युनिस्ट शासन कम्युनिस्ट कै कारण अन्त्य हुने दाबी गरे । उनले प्रधानमन्त्री केपी ओलीले हचुवाको भरमा पानीजहाज रेलको हावादारी कुरा देखाएर गरेको झुठको खेतीलाई आफैले प्रमाणित गर्दै गएको स्पष्ट पारे ।

‘मैले आफै पनि गण्डक नहर हेर्दा अचम्मित भएँ’, उनले भने, ‘बिहारका मुख्यमन्त्री नीतिशकुमारले नरेन्द्र मोदीले पानीजहाज पठाउन भनेपछि पठाएको पानीजहाज पानी नै नभएर बालुवामा अड्किएको छ भन्ने समाचार थाहा पाएको छु ।’

प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेलले कुनै पनि काम गर्न नसकेको पौडेलले बताए । उनले कम्युनिस्टहरु झुठको खेती गर्न माहिर रहेको उल्लेख गरे ।

Published : Thursday, 2019 March 14, 12:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया