छत्रदेवमा कांग्रेस सखाप बनाउन खोज्दा नेकपा ध्वस्त, उर्लियो जनसागर (तस्वीर)

छत्रदेव । माओवादीको सशस्त्र द्धन्द्धको बेला नेपाली कांग्रेसलाई सखाप बनाउन अर्घाखाँचीको छत्रदेव गाउँपालिका माओवादीको तारो बन्यो । अनि तीन अगुवा नेतालाई बिभत्स हत्या गरेर कांग्रेस सखाप भएको नारा लगाए ।

जनतालाई आतंकित बनाए । माओवादीको कब्जा इलाका घोषणा गरे । तर, त्यही इलाकामा बुधबार अलग रौनक देखियो । टनटलापुर घाम, रमणीय पार्क, घुइँचो लागेका जनता, नयाँ भवन र तीन शहीदको प्रतिमूर्ति ।

यही माहोल विस्तारै ओरिपरिको डाँडाका जनता ओइरिए । कार्यक्रम सुरु भयो । चारतारे झण्डा र रुखको फोटोसहितको झण्डोत्तलनले भरिएको त्यो छत्रदेव गाउँमा एकाएक नारा लाग्यो ।

नेपाली कांग्रेस जिन्दावाद, जय नेपालसँगै स्वागत गरे । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य दीपक गिरी, युवा नेता गगन थापा, तरुण दलका महासचिव भुपेन्द्रजंग शाही, पुष्पा भुसाल, मानबहादुर विश्वकर्मासहितका नेतालाई फूलमाला र बाजागाजासहित मन्चमा लगेर स्वागत गरियो । कार्यक्रम शुरु भयो । बोल्ने क्रम जारी रह्यो ।

त्यही माहोलमा एकाएक कम्युनिस्ट सरकारको बहुमत भैरहेका बेला तिनै माओवादीका नेताहरु प्रवेशको ओइरो लाग्यो । तत्काालीन माओवादी र एमालेका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेमा नेकपाबाट निर्वाचित वडा सदस्य जैनुन् मियाँ, लीलादेवी भुसाल, मीनराज आचार्य, गिरिराज अर्यालसहित पाँच सय बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा छाडेका उनीहरुले पार्टीले झुठको खेती गरेपछि बाध्यभएर नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।

माओवादीले हत्या गरेका शहीदहरु रामणि ज्ञवाली, शिवलाल पोखरेल, पदमचन्द्र श्रेष्ठलाई चरम यातना दिएर हत्या गरेका थिए । प्रतिष्ठानको भवन र शालिकमा झण्डै ६५ लाख खर्च भएको छ ।

Published : Thursday, 2019 March 14, 12:24 am

1 प्रतिकृया प्राप्त “छत्रदेवमा कांग्रेस सखाप बनाउन खोज्दा नेकपा ध्वस्त, उर्लियो जनसागर (तस्वीर)”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया