बन्दका कराण रामचन्द्र पौडेलको कार्यक्रम प्रभावित, गोरुसिंगेमा अड्किए

गोरुसिंगे । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको कार्यक्रम प्रभावित बनेको छ ।

कपिलवस्तु जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट तथा प्रशिक्षणका लागि बुधबार राति गोरुसिंगे आइपुगेका पौडेलको कार्यक्रम नेकपाको बन्दका कारण प्रभावित बन्न पुगेको हो । वरिष्ठ नेता पौडेल गोरुसिंगेको मायाज इन्टरनेशनल होटेलमा बसेका छन् ।

पौडेल गोरुसिंगे आएको जानकारी पाएपछि कांग्रेसका नेता तथा कार्यकर्ता मायाज होटेलमा जम्मा भएका छन् । मायाज इन्टरनेशलन होटेलका अध्यक्ष हरिप्रसाद शर्माले बन्दका कारण वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री डा.रामशरण महतसहितका नेतारु आफ्नो होटेलमा बसेको जानकारी दिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेतासँग केन्द्रीय सदस्य डा.रामशरण महत पनि सोही होटेलमा रहेका छन् । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही पनि वरिष्ठ नेता पौडेलसँग मायाज होटेलमा रहेका छन् ।

नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्र आचार्यले बन्दका कारण पार्टीको कार्यक्रम प्रभावित बनेको बताए । उनले बन्द खुकुलो भयो भने कार्यकर्ता प्रशिक्षण र भेटघाटको कार्यक्रम गरिने बताए ।

Published : Thursday, 2019 March 14, 11:01 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया