कम्युनिस्टहरूलाई कायरभन्दै गगनले दिए जनताको पक्षमा अभिव्यक्ति

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगनकुमार थापाले व्यक्ति हत्यामा आधारित राजनीतिलाई कायरता भनेर कटु टिप्पणी गरेका छन् ।

सांसद समेत रहेका कांग्रेसका युवा नेता थापाले विप्लव नेतृत्वको नेकपाले शुरु गरेको हिंसात्मक आन्दोलनको कठोर आलोचना गरेका छन् । उनले विप्लव नेतृत्वको नेकपाको नाम नलिएर व्यक्ति हत्यामा आधारित राजनीति क्रान्तिकारिता नभई कायरता रहेको बताएका छन् ।

थापाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको पनि कठोर आलोचना गरेका छन् । उनले वार्ताको ढोका बन्द गरेको भन्दै राजनीतिक समस्यालाई राजनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिएका छन् ।

‘वार्ताको ढोका बन्द नगरी आतंकका विरुद्ध सरकारले संविधानको दायरामा रहेर गर्ने नियन्त्रणको समर्थन छ’, उनले भनेका छन्, ‘हिजो क्रान्तिका नाममा ‘बादल’ले जे गरे त्योपनि कायरतापूर्ण कृत्य नै रहेछ भन्ने रामबहादुर थापाले अब त स्वीकार्नु होला कि ?’

विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेर जनतलाई दुःख दिएपछि कांग्रेसका युवा नेता थापाले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आफ्नो धारणा राखेका हुन् । थापाले विप्लवलाई पनि शान्तिपूर्ण बाटोबाट राजनीतिक क्रान्ति गर्न सुझाव दिएका छन् ।

कम्युनिस्ट सरकारलाई पनि नेता थापाले वार्ता र सम्वाद गर्न आग्रह गरेका छन् । विगतमा माओवादीले गरेको हिंसाको राजनीतिलाई पनि कांग्रेसका नेता थापाले विरोध गरेका छन् ।

हिंसात्मक आन्दोलनबाट आएका गृहमन्त्री थापालाई सुझाव दिँदै कांग्रेसका युवा नेता थापाले हिंसाले कसैको पनि उद्धार नहुने बरु देश द्वन्द्वमा फस्ने बताए ।

Published : Thursday, 2019 March 14, 8:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया