गृहमन्त्रीको जिल्लामा प्रहरीले गर्‍यो प्रशंसनीय काम, स्थानीयको मन जित्दै

भरतपुर । पूर्वी चितवनमा बरामद भएको एक लाख सात हजार मदिरा प्रहरीले नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय टाडीले दर्जन बढी स्थानमा छापामारेर बिक्री वितरण गर्नका लागि बनाइएको मदिरा बरामद गरेर नस्ट गरेको हो ।

पूर्वी चितवनका राप्ती, खैरहनी, कालिका र रत्ननगर गरी चार नगरपालिकामा अप्रेसन सञ्चालन गरेर मदिरा बरामद गरेको इलाका ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दयानिधी ज्ञवालीले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

‘जिल्ला प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको ‘अप्रेशन एक टोल एक घण्टा’ घरेलु मदिरा बरामद गरेका हौँ’, उनले भने, ‘शान्ति सुरक्षामा असर पर्ने खालका विभिन्न गतिविधिमा संलग्नहरूलाई पक्राउ गरेर अपराधको प्रकृति हेरेर कारबाही गरेका छौँ ।’

अभियानका बेला राप्तीनगर नगरपालिका वडा नं. ३ का किरण कुँवरलाई खुँडा र छुरीसहित पक्राउ गरेको छ । कुँवरलाई कानूनअनुसार कारबाही गरिनेछ ।

हरेक टोलका लागि एक घण्टा छुट्याएर प्रहरीले स्थानीयसँग छलफल गरेर शान्ति सुरक्षा बनाइ राख्न के–के गर्न आवश्यक रहेको छ भनेर सुझाव समेत संकलन गरेको छ ।

अप्रेशनका क्रममा शंकास्पद गतिविधिमा संलग्न १३ जनालाई पक्राउ गरिएको थियो ।

अवैध तथा नियम विपरित प्रयोगमा आएका ११ वटा टिप्पर र ट्याक्टरलाई पनि नियन्त्रणमा लिएको छ । १ सय ४२ सावारी चालकलाई ट्राफिक कारवाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यो अभियानमा दैनिक ६० जना प्रहरी अप्रेशनमा खटिएका थिए । अभियानकै क्रममा प्रहरीले सचेतना अभियान समेत सञ्चालन गरेको थियो ।

चितवन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापाको गृहजिल्ला पनि पर्छ ।

प्रहरीले लुडो र क्यारमबोर्डका अड्डाहरूलाई पनि बन्द गरिदिएको छ ।

Published : Thursday, 2019 March 14, 9:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया