कांग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज, घरमै आराम गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उपचारपछि घर फर्किएका छन् ।

काठमाडौंको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा शुक्रबार साँझ भर्ना भएका सिटौला मंगलबार बिहान डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्यमा सुधार भएपछि चिकित्सकहरूले डिस्चार्ज गरेको जनाएका छन् ।

नेता सिटौलाको दिशामा रगत समेत देखिएको थियो । आइसीयुमा राखेर उनको उपचार गरिएको थियो ।

सिटौलाको रगतमा हेमोग्लोबिनको मात्रा पनि कमी देखिएको थियो । त्यसपछि नेता सिटौलालाई रगत पनि दिइएको थियो । रक्तचाप पनि सामान्य रहेको चिकित्सकहरूले जनाएका छन् ।

कांग्रेस नेता सिटौलाको स्वास्थ्य अचानक बिग्रिएर अस्पताल भर्ना भएपछि शुभेच्छुक र कांग्रेसका नेता तथा कार्यकर्ता अस्पतालमा भेट्न पुगेका थिए ।

नेता सिटौलालाई केही दिन घरमै आराम गर्न चिकित्सकहरूले सल्लाह दिएका छन् । उनी केही दिन राजनीतिक कार्यक्रमहरूमा सहभागी हुने छैनन् ।

Published : Tuesday, 2019 March 26, 10:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया