कम्युनिस्ट सरकारले कर लगाएर सानालाई दुःख दिएको छः राणा

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकराले साना व्यापारीहरुलाई काम नै गर्न नसक्ने गरेर दुःख दिएको बताएका छन् ।
नेपाल तरुण दल कास्की क्षेत्र नम्बर २ ले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै राणाले कम्युनिस्ट सरकारले एनसेल जस्ता ठूला व्यापारीलाई खर्बौंको कर छुट दिएको बताए ।
‘यो सरकारले साना व्यापारीलाई कर बढाएर काम गर्न नसक्ने बनाएको छ । एनसेललाई कर छुट गरेर अनियमितता गरेको छ’, उनले भने, ‘कास्की २ मा नेकपाले जित्नु भनेको सरकारले गरेको सबै अबैध र अनैतिक कामलाई जनताले समर्थन गरेको बुझ्न सकिनेछ । सरकारका गलत कामलाई बैधता दिएको बुझ्न सकिनेछ ।’
उनले लोकतन्त्रलाई स्थापित गर्न नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको जित हुनै पर्ने बताए । उनले कास्कीका मतदातालाई अधिनायकवादलाई साथ नदिन आग्रह गरेका छन् ।
‘अधिनायकवादका कुरा यो सरकारले गरेको छ । विभिन्न कानून ल्याएको छ’, उनले भने, ‘गतल कुरा रोक्न पनि कांग्रेसलाई जिताउनुस् । कांग्रेसलाई मात्रै जिताउने निर्वाचन होइन यो । सम्पूर्ण नेपालीलाई असर पार्ने निर्वाचन हो । नेपाली कांग्रेसले जित्नुपर्छ ।’
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया