प्रचण्डको परिवारलाई राष्ट्रपतिको रात्रिभोज, बीना सहभागी सिर्जना ‘आउट’
काठमाडौं । बाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको तयारी भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूरै परिवारलाई बोलाएर रात्रिकालीन भोज दिएकी छिन् ।
शुक्रबार राति ‘प्रचण्ड’को परिवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर रात्रिकालीन भोजमा सरिक भएको हो । भोजमा प्रचण्डका छोरी,–ज्वाइँ, नाति– नतिना र पत्नी सीता दाहालसहित सरिक रहेको उच्च स्रोतले जनाएको छ ।
रात्रिकालीन भोजपछि राष्ट्रपति भण्डारी र प्रचण्डको परिवारले सामूहिक तस्बिर समेत खिचाएका थिए ।
राष्ट्रपति भण्डारीले ‘प्रचण्ड’को परिवारका लागि किन रात्रिकालीन भोजको आयोजना गरेकी हुन् केही बताइएको छैन । यस विषयमा शीतल निवासका जिम्मेवार अधिकारी र ‘प्रचण्ड’को सचिवालयले केही भन्न मानेन ।
राष्ट्रपति भण्डारीको भोजमा सरिक हुन भरतपुर महानगरपालिकाकी मेयर एवम् प्रचण्डकी छोरी रेणु दाहाल भरतपुरबाट शुक्रबार आएकी थिइन् ।
रात्रिकालीन भोजमा बीना मगर सहभागी भएकी थिइन् । तर, प्रचण्डकी अर्की बुहारी सिर्जना त्रिपाठीलाई भने बोलाइएको थिएन ।
प्रचण्ड मुलुकको उच्छ तहमा भएर पनि यस्तो भेदभाव गरेको होला सृजना लाई ।