सरकारले चासो नदिँदा शीतलहरबाट पीडितः उपेन्द्र यादव
काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले समयमा नै चासो नदेखाउँदा तराईमा शीतलहरले जनता पीडित हुनु परेको अरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले जनता मरिसकेपछि बल्ल सरकार पुग्ने गरेको आरोप लगाएका हुन् ।
प्राकृतिक तथा दैवी प्रकोपबाट जनतालाई जोगाउनका लागि सरकारले बेग्लै संयन्त्र निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म यसबारे सरकार गैर जिम्मेवार बनेको यादवको भनाई थियो ।
हरेक जाडो मौसममा हुने शीतलहरको प्रकोपबाट जनता पीडित हुने गरेको भए पनि सरकारले चासो नदिएको उनको अरोप छ ।
हाल सप्तरीमा शीतलहरबाट पीडित जनताको उद्दारमा खटिएका यादवले आवश्यक जति लत्ताकपडा वितरण गर्न नसकिएको बताए ।
मधेशी पनि नेपाली जनता हुन भन्ने सोचको विकास अझै पनि हुन नसकेकोले समस्या आउने गरेको यादवको भनाई छ ।
यसमा तपाइको मत