सुमार्गीले अब कान्तिपुर दैनिकका मालिकको भण्डाफोर गर्ने, यस्तो छ तयारी
काठमाडौं । मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले आफू र आफ्नो कम्पनीविरुद्ध भ्रामक समाचार निरन्तर सम्प्रेषण गर्दै आएको भन्दै कान्तिपुर पब्लिकेशनको भण्डाफोर गर्ने भएका छन् ।
सुमार्गीले कान्तिपुर दैनिक र सो पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध सोमबार पत्रकार सम्मेलन राखेका छन् । ‘म र म आवद्ध कम्पनीहरूविरुद्ध एक सञ्चार गृहले निरन्तर भ्रामक समाचार सम्प्रेषण गर्दै आएको छ’, पत्रकारहरूलाई पठाइएको पत्रमा भनिएको छ, ‘मेरो व्यवसायसम्बन्धी सत्यतथ्य जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उपस्थितिका लागि अनुरोध गर्दछु ।’
नयाँ बानेश्वरस्थित मुक्ति टावरमा सुमार्गीले पत्रकार सम्मेलन राखेका छन् । उनले सो पत्रकार सम्मेलनमा कैलाश सिरोहिया र उनको सञ्चारगृहले सम्प्रेषण गरेको समाचारको खण्डन गर्ने छन् ।
व्यावसायिक साझेदार सिरोहिया र सुमार्गीबीच पछिल्लो समय खटपट भएको छ । यी दुई व्यवसायी बीच रहेको खटपट मिलाउने प्रयास भए पनि मिल्न सकेको छैन ।
कान्तिपुर दैनिकले सुमार्गीविरुद्ध सिलसिलेबद्ध ढंगले समाचार सम्प्रेषण गर्दै आएको छ । आफूविरुद्ध आएका समाचारहरू गलत भएको दाबी सुमार्गीको छ ।
यसमा तपाइको मत