के थियो माओवादीको त्यस्तो माग ? एमाले झस्किने अवस्था आयो

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको कुरा चलिरहेका बेला माओवादीले राखेको मागबाट एमाले झस्किएको छ ।

आइतबार सिंहदरबारमा बसेको संयुक्त कार्यदलको बैठकमा माओवादीले दुई मुख्यमन्त्री र चार प्रदेशसभाका सभामुखमा दाबी गरेको हो ।

माओवादी नेताहरूले आफ्नो प्रस्ताव अघि सारेपछि एमालेका नेताहरूले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर टुंगोमा पुग्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

बैठकमा माओवादी नेताहरूले एमालेले चार र आफूहरूले दुई मुख्यमन्त्री लिने प्रस्ताव गरेको एक नेताले बताए । प्रदेशसभाको सभामुख भने आफ्नो दलले चार र एमालेले दुई मात्र दिने उसको प्रस्ताव छ ।

एमालेले मुख्यमन्त्री लिएको ठाउँमा माओवादीलाई सभामुख र माओवादीले मुख्यमन्त्री लिएको प्रदेशमा एमालेले सभामुख लिने प्रस्ताव माओवादीले राखेको बताइएको छ ।

एमाले र माओवादीको ६ वटा प्रदेशमा बहुमत छ । प्रदेश २ मा भने मधेस केन्द्रीय दलको बहुमत पुगेको छ । राष्ट्रियसभामा भने मतका आधारमा सिट बाँडफाँट गर्ने माओवादी प्रस्ताव रहेको एक नेताले जानकारी दिए ।

राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकार गठनको लागि गृहकार्य गर्न एमाले र माओवादीले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा दुबै दलका ३–३ नेता छन् ।

Published : Sunday, 2018 January 14, 9:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया