एमाले–माओवादीले यसरी बाँडे राष्ट्रिय सभाको सिट

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलले ६०–४० मा भागबण्डा मिलाएको छ ।

बधुबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले राष्ट्रिय सभाका ४३ सिटमा भागवण्डा मिलाएको हो । एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी सहमति बनेको छ । कार्यदलले तयार पारेको प्रस्तावलाई केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूको उच्चस्तरीय बैठकले टुंगो लगाउनेछ ।

राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसँग पनि तालमेलपछि निर्णय गरिने नेम्वाङले जानकारी दिएका छन् ।

प्रदेश नम्बर १ मा एकल बहुमत रहेका एमालेले माओवादीलाई महिलातर्फ एक सिट दिएको छ । बाँकी ६ सिटमा एमालेका मात्रै उम्मेदवार हुनेछन् । ८ मध्ये २ सिट भने कांग्रेसले एकल संक्रमणीय मतका आधारमा जित्नेछ ।

प्रदेश नम्बर २ मा एमालेले खुला सदस्य र माओवादीले महिला सदस्यमा उम्मेदवारी दिनेछन् । तीन नम्बर प्रदेशमा एकल बहुमत रहेको एमालेले माओवादीलाई खुला सदस्य एक सिट दिएको छ । अरु ५ सिटमा एमालेका उम्मेदवार हुनेछन् । एक महिला र एक खुलामा कांग्रेसले जित्ने भएकाले भागबण्डा गरिएको छैन ।

प्रदेश नम्बर ४ मा एमालेले ४ र माओवादीले २ सिट बाँडेका छन् । एमालेले अपांग तथा अल्पसंख्यक सहित दुई खुला र १ महिला सिटमा उम्मेदवारी दिनेछ भने माओवादीले एक दलित सहित एक महिला सदस्यमा उम्मेदवारी दिनेछ ।

प्रदेश नम्बर ५ मा एमालेले अपांग तथा अल्पसंख्यक एक सहित ४ सिट पाएको छ भने माओवादीले दुई सिट पाएको छ । एमालेले २ खुला र एक महिलामा उम्मेदवारी दिनेछ । माओवादीले एक दलित र एक महिला सदस्यमा उम्मेदवारी दिनेछ ।

प्रदेश नम्बर ५ मा एमाले र माओवादीले आठै सिटमा उम्मेदवारी दिनेछन् । तीमध्ये ५ एमाले र ३ माओवादीले बाँडेका छन् । प्रदेश नम्बर ७ मा एमालेले ४ र माओवादीले २ सिट बाँडेका छन् । माओवदाीले एक खुला र एक आरक्षण सिटमा उम्मेदवारी दिनेछ ।

प्रदेश १ मा एमाले ५, माओवादी १, प्रदेश २ मा एमाले १, माओवादी १, प्रदेश ३ मा एमाले ५, माओवादी १, प्रदेश ४ मा एमाले ४, माओवादी २, प्रदेश ५ मा एमाले ४, माओवादी २, प्रदेश ६ मा एमाले ५, माओवादी ३ र प्रदेश ७ मा एमाले ४ तथा माओवादीले २ सिट पाउने गरेर सहमति जुटेको छ ।

Published : Wednesday, 2018 January 17, 8:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया