मध्य र सुदूरपश्चिममा पूर्वराजाप्रति आकर्षण, काठमाडौं फिर्ता
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाडौं फर्केका छन् । झण्डै तीन हप्ता नेपालगञ्ज र आसपासका जिल्लाहरूको भम्रण गरेका पूर्वराजा शाह श्री एयरलाइन्सको उडानबाट साढे दुई बजे काठमाडौं आइपुगेका हुन् ।
परिवारका सबै सदस्य यसअघि नै काठमाडौं फर्किसकेकाले पूर्व राजा शाह एक्लै काठमाडौं फर्केका हुन् । १३ पुसमा नेपालगञ्ज प्रस्थान गर्दा पूर्वराजाका साथमा पत्नी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा लगायत थिए ।
त्यसमध्ये जेठी छोरी पूर्णिकालाई ब्याङ्कक पुर्याउनु पर्ने भएकाले पुस १९ गते हिमानी काठमाडौं फर्किसकेकी थिइन् ।
नेपालगञ्ज बसाइका क्रममा पूर्वराजा शाहले कैलाली, सुर्खेत, दाङ लगायतका जिल्लाका धार्मिक केन्द्रहरूमा पुगेर पूर्जअर्चना गरेका थिए ।
त्यसबाहेक उनी भारतको लखनउपनि पुगे, जहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए ।
मध्यपश्चिम र सुदूर पश्चिमको भ्रमण भनिएपनि शाहको यसपटकको भ्रमण धार्मिक–व्यापारिक प्रयोजनका लागि थियो ।
पूर्वराजा शाह आफ्नो समेत लगानीमा नेपालगञ्जमा खोलिएको सोल्टी होटलको उदघाटन र व्यापार बृद्धिका लागि त्यसतर्फ गएका थिए ।
यसमा तपाइको मत