कांग्रेसले गर्‍यो कम्युनिष्टहरू तर्सिने काम, लोकतान्त्रिक शक्तिवीच वार्ता

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा दुई मधेस केन्द्रित दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालसँग तालमेलको रणनीति बनाएको छ ।

निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूबीच तालमेलबारे नेपाली कांग्रेसले र मधेस केन्द्रीत दुई राजनीतिक दलका प्रतिनिधिहरूसँग बालुवाटारमा शनिबार वार्ता गरेको हो ।

माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा के कसरी अघि बढ्दा बढिभन्दा बढि सिटमा जीत हाँसिल गर्न सकिन्छ र त्यसका लागि तालमेलको मोडालिटी कसरी तय गर्ने भन्ने विषयमा कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिहरूबीच गम्भीर वार्ता भएको छ ।

वार्तामा सहभागी एक नेताका अनुसार, वार्तामा राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने लोकतान्त्रिक शक्तिबीच लोकतन्त्रकोे रक्षाका लागि दीर्घकालीन गठबन्धन कायम गर्ने विषयमा पनि छलफल भएको थियो ।

कांग्रेस, फोरम र राजपाबीच मुख्य रुपमा प्रदेश नम्बर २ मा एक भएर अघिबढ्दा कम्तिमा पनि ८ मध्ये ६ सिटमा लोकतान्त्रिक गठबन्धनले जीत्न सक्ने भन्दै यसमा के कसरी संख्याको बाँडफाँट गर्ने भन्ने छलफल भएको थियोे ।

त्यसका अतिरिक्त अन्य प्रदेशमा पनि लोकतान्त्रिक शक्तिबीचकोे आपसी सहकार्य र एकता गरी चुनावमा जाने विषयमा पनि छलफल भएको थियो ।

यसअघि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले फोरम अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राई तथा राजपा अध्यक्ष महन्थ ठाकुरालाई उदारताकासाथ समर्थन गरेपनि त्यहि अनुरुपको सहयाग र समर्थन मधेसी दलको तर्फबाट नभएको गुनासो कांग्रेसका प्रतिनिधिले गरेको थिए ।

यसका बाबजूद विगतको कमिकमजोरीबाट शिक्षा लिएर भविश्यकमा कार्यगत एकता गरी अघि बढ्न तीन दलका प्रतिनिधि सहमत भएको स्रोतको दाबी छ । मधेस केन्द्रित दलसँग एमाले र माओवादी केन्द्रका नेताहरुले पनि वार्ता र सहमतिकोे प्रयास जारी राखेका छन् ।

वार्तामा कांग्रेसको तर्फबाट नेताहरू डा.रामशरण महत, आनन्दप्रसाद ढुंगाना, मीनेन्द्र रिजाल, उमाकान्त चौधरी, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, रेणु यादव, राजपा नेपालका सर्वेन्द्रनाथ शुक्ला, वृषेशचन्द्र लाल लगायतका नेताहरूको उपस्थिति थियो ।

Published : Saturday, 2018 January 20, 7:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया