दाङविरुद्ध बालुवाटारमा खुसीयाली, खाँणले राखे ५ नं. प्रदेशका सांसदहरूको भेला

काठमाडौं । ५ नं. प्रदेशको राजधानी दाङ बनाउनुपर्ने माग गरेर आन्दोलन चर्किरहेका बेला नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ५ नं. प्रदेशका सीमिति प्रदेशसभा सदस्यहरूसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार देउवाले केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजनमा ५ नं. प्रदेशका आफ्नो गुटका सांसदहरूसँग परामर्श गरेका हुन् ।

सो भेटमा उनीहरूले ५ नं. प्रदेशको अस्थायी राजधानी (केन्द्र) रुपन्देहीलाई तोकेकोमा प्रधानमन्त्री देउवालाई विशेष धन्यावाद दिएका थिए । सो भेटमा दाङमा चलिरहेको आन्दोलनको कुनै अर्थ नरहेको ती नेता खाँणले देउवासँग आग्रह गरेको स्रोतले जनाएको छ ।

भेटघाटमा सभापति देउवाले प्रदेशसभा सदस्यलाई यस्तो निर्देशन दिएका हुन् । प्रदेश नम्बर ५ बाट समानुपातिकमा निर्वाचित प्रदेशसभा सदस्यलाई बधाई दिँदै देउवाले प्रदेशका जनताको हितमा काम गर्न निर्देशन दिएको भेटमा सहभागी प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले जानकारी दिइन् ।

निर्वाचन आयोगले प्रदेशसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र दिएको भोलिपल्टै शनिबार प्रदेश ५ का सदस्यहरू पार्टी सभापति देउवालाई भेट्न गएका हुन् ।

प्रदेशसभाका सदस्यहरूले आइतबार प्रदेश प्रमुखबाट प्रदेशको केन्द्र बुटवलमा सपथ ग्रहण गर्ने कार्यक्रम छ । बालुवाटारको शनिबारको भेटमा रुपन्देही, अर्घाखाँची, नवलपरासी, पाल्पा र अर्घाखाँचीका कांग्रेस सांसदहरूको सहभागिता रहेको थियो ।

भेटमा पार्टी सभापति देउवाका साथै उपप्रधानमन्त्री विजयकुरमार गच्छादार, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँण लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Saturday, 2018 January 20, 8:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया