दाङको आन्दोलन तुहाएर सपथ लिन बुटवल प्रस्थान
काठमाडौं । ५ नं. प्रदेशको राजधानी दाङलाई बनाउनुपर्ने मागसहित चर्किएको दाङबासीको आन्दोलन एकाएक मत्थर बन्न पुगेको छ ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को अगुवाइमा सुरु भएको आन्दोलन शनिबार मध्यरातिदेखि मत्थर बन्न पुगेको हो ।
प्रादेशिक राजधानी दाङलाई बनाउन सुझाव दिएको सुझाव समितिको प्रतिवेदन विपरित शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले रुपन्देही जिल्लालाई ५ नं. प्रदेशको अस्थायी केन्द्र तोकेको थियो । त्यसको विरुद्ध प्रमुख दल, नागरिक समाज, स्थानीय सर्वसाधारणले लगातार चर्को आन्दोलन गरेका थिए ।
संयुक्त संघर्ष समितिले आन्दोलन निरन्तरता दिने जनाएको छ । तर, ५ नं. प्रदेशको राजधानी दाङ बनाउने विषयमा जनप्रतिनिधिहरूले कस्तो आश्वासन दिएका हुन् भन्नेबारेमा विज्ञप्तिमा उल्लेख छैन ।
आन्दोलन तुहिएपछि दाङबाट निर्वाचित प्रदेश सभाका सांसदहरू बुटवलतिर हान्निएका छन् । आन्दोलन तुहाउन प्रमुख दलका निर्वाचन सांसदहरू नै सक्रिय रहेको आरोप छ ।
यतिसम्मकी आन्दोलन तुहाउन एमाले र माओवादी केन्द्रका नेताहरूले दाङको आन्दोलनलाई जग्गा दलालको आन्दोलन भनेर आक्षेप समेत लगाए ।
यसमा तपाइको मत