गुटको भेलालाई देउवा समूहद्वारा बहिष्कार

काठमाडौं । स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेपछि नेपाली कांग्रेसभित्र त्यसको कारण खोज्न नेताहरूले विभिन्न प्रयासहरू गरिरहेका छन् । उनीहरूले गुटको भेलादेखि आफू अनुकूलका बैठक र भेलाहरू गर्दै आएका छन् ।

सभापति शेरबहदुर देउवा विरोध समूहका जिल्ला सभापतिहरूको भेला हुने भएको छ । भेला खोटाङ जिल्लामा हुने तय भएको स्रोतले जनाएको छ । माघ ८ गते खोटाङको दिक्तेलमा कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला गर्ने तयारी भएको स्रोतको दाबी छ ।

खोटाङम हुने जिल्ला सभापतिहरूको भेलाका लागि नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसी र भक्तपुरका सभापति दुर्लभ थापाको पहलमा हुन लागेको एक नेताले बताए । यो डिजाइन् शुक्रबार भक्तपुरमा भएको केही जिल्ला सभापतिहरूको गोप्य भेलाले गरेको हो ।

सभापतिहरूको भेलाको जिम्मेवारी लिएको नेपाली कांग्रेस खोटाङका सभापति नरेश श्रेष्ठले बताउने गरेको एक नेताले बताए । उनले त्यसका लागि व्यवस्थापन सुरु गरिसकेका छन् । सभापति श्रेष्ठले भेलामा उपस्थिति हुन जिल्ला सभापतिहरूलाई निमन्त्रणा दिन थालेका छन् । तर, अधिकांश सभापतिहरूले गुटको भेलामा सहभागी नहुने जवाफ दिएका छन् ।

स्रोतका अनुसार खोटाङमा हुन लागेको भेला सभापति शेरबहादुर देउवा विरोधी समूहको रहेको छ । जिल्ला सभापतिहरूको भेला कांग्रेस केन्द्रीय कार्यालयले गराउँदै आएको छ । खोटाङमा हुन लागेको भेला अर्जुन नरसिंह केसी समूहको रहेको बताइएको छ ।

भेलामा चुनावी परिणामपछि नेपाली कांग्रेसले लिएका नीति, वैचारिक तथा व्यवहारिक विषयमा सभापतिहरूसँग छलफल गर्ने बताइएको छ ।

काठमाडौंमा जुटेका सभापतिहरूबीच पछिल्लो राजनीतिक विषयमा छलफल भइरहेपनि देशभरका साथीहरूको भेला भइ एकमत बनाउने काम हुन नसकेको पृष्ठभूमिमा भेलाको तयारी गरिएको आयोजकको भनाइ छ ।

स्थानीय तहको निर्वाचनदेखि अहिलेसम्मको अवस्था र कांग्रेसले हासिल गरेको परिणाममा मात्र नभइ अबको रणनीतिका बारेमा पनि छलफलमा जुट्नुपर्ने आवश्यकता भएर भेला गर्न लागेको एक नेताले बताए ।

कांग्रेस केन्द्रीय कार्यालयका नामबाट केही व्यक्तिहरूले पार्टी सभापति शेरबहादुर देउवाको नाम लिएर जिल्ला सभापतिको कुनै भेला पार्टीले नराखेको हुँदा त्यस्ता कार्यक्रममा नजान निर्देशन आएको समेत बताइएको छ ।

केन्द्रीय समितिमा पार्टी सभापतिको चर्को आलोचना भए यता पार्टीको विभिन्न तहमा पनि सभापति देउवामाथि दवाव बढाउने अभियान गुटगत रुपमा सुरु भएको एक नेताले बताएका छन् ।

Published : Sunday, 2018 January 21, 11:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया