पार्टी एकता नहुँदै एमालेले बनायो ‘बादल’लाई ठेगान लगाउने योजना

काठमाडौं । एमालेले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूलाई भ्रममा पार्न सुरु गरेको खुलासा भएको छ । एमालेले राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीलाई दिन भनेर सामाजिक सञ्जालमा भ्रम पैदा गरेको छ ।

राष्ट्रिय सभाको अध्यक्ष पद सेरमोनियल हो । त्यो पदको कुनै अर्थ रहँदैन । तर, एमालेका नेताहरूले ठूलो योगदान गरे जसरी माओवादीलाई राष्ट्रिय सभाको अध्यक्ष छाड्ने गरेर हाइ प्रोफाइल नेतालाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार नबनाएको दाबी गरेका छन् । त्यो अध्यक्ष पद नेपाली कांग्रेस वा अन्य जुनसुकै साना दलहरूलाई दिँदा पनि कुनै असर रहँदैन ।

पार्टी एकीकरण गर्ने बेला प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्ष पद केपी ओलीले छाड्न नहुने भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका एमालेका नेताहरूले राष्ट्रिय सभाको अध्यक्ष पद सबैभन्दा ठूलो हो र एमालेले त्याग गरे जसरी प्रचार गरिरहेको एकजना माओवादी केन्द्रका नेताले बताए ।

‘हामीलाई राष्ट्रिय सभाको अध्यक्ष पद चाहिएको होइन । सम्मान जनक रुपमा पार्टी एकीकरण होस् भन्ने हो’, माओवादी केन्द्रका एकजना नेताले भने, ‘तर, एमालेका नेताहरूले के–के नै गरे जसरी राष्ट्रिय सभाको अध्यक्ष पदको प्रचार गरेका छन् ।’

एमालेका नेताहरूले राष्ट्रिय सभाको अध्यक्ष पदमा माओवादी केन्द्रका नेता रामबहादुर थापालाई लगेर थन्काउने गरेर योजना बनाएको खुलासा भएको छ । पार्टी एकीकरण भयो भने पाँच वर्षसम्मका लागि थापा बोल्ने ठाउँ रहँदैन ।

साथै अन्य कार्यकारी पदमा जाने बाटोहरू बन्द हुने छन् । थापालाई ठेगान लगाउने गरेर राष्ट्रिय सभाको अध्यक्ष पदको प्रचार गरेकोमा माओवादी केनद्रका नेताहरूले आशंका जनाउन थालिसकेका छन् ।

प्रदेश–३ बाट खुल्ला सदस्यमा उम्मेदवारी दिएका माओवादी नेता थापाले यो अध्यक्ष पद लिन्छन् वा लिन्दैनन् केही भनेका छैनन् । उनी निकटका एक नेताले भने, ‘रामबहादुर थापा सक्रिय राजनीति गर्ने व्यक्ति हो । यस्ता सेरमोनियल पदमा अझिल्ने जस्तो लाग्दैन ।’

Published : Thursday, 2018 January 25, 11:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया