भारतीय दूतावासको भोजबारे ओली–राजदूतबीच फोनमा कुराकानी, को-को पुगे भोज खान ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासले आयोजना गरेको कार्यक्रममा अनुपस्थित भएका छन् ।

नेपालका लागि भारतीय राजदूतावासले शुक्रबार लैनचौरस्थित दूतावासभित्र ६९ औं गणतन्त्र दिवसको विशेष कार्यक्रम आयोजना गरेको थियो । दूतावासबाट ओलीलाई निम्तो पनि गएको थियो । तर, ओली भारतीय राजदूतावासको कार्यक्रममा सहभागी हुन गएनन् । ओली पोखरातिर हान्निए । पोखारामा भएको एउटा औपचारिक कार्यक्रममा सहभागी भएर सरकारविरुद्ध खनिएका छन् ।

आफू भारतीय कार्यक्रममा सहभागी हुन नगएपनि ओलीले माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङसहितका नेताहरूलाई भने पठाइदिएको उच्च स्रोतले जनाएको छ ।

ओलीले शुक्रबार बिहान राजदूत पुरीलाई फोन गरेर पोखरामा कार्यक्रम परेकाले आफू आउन नसक्ने भनेर टेलिफोन गरेर जानकारी दिएको स्रोतको दाबी छ । ओलीले राजदूतलाई जानकारी गराएरै आफू नआउने तर, आफ्नो खास नेताहरूलाई पठाउने आश्वासन दिएका थिए ।

ओलीको दूत बनेर भारतीय राजदूतावासको भोजमा सहभागी एमालेका नेता सुवासचन्द्र नेम्वाङ

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले गणतन्त्र दिवसको अवसरमार आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई, राजनीतिक दलका शीर्ष नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा निकै महत्वका साथ हेरिएका एमाले अध्यक्ष ओली भने उपस्थिति नभएको देख्दा धेरैले जिब्रो टोकेका थिए । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष ओलीलाई विशेष महत्व दिएर फोनवार्ता गरिरहेका छन् ।

कार्यक्रममा मधेस केन्द्रित दलका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, अनिलकुमार झासहितका अधिकांश नेताहरू राजदूतावासको दिवाभोज कार्यक्रममा सहभागी भएका थिए ।

Published : Friday, 2018 January 26, 6:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया