शंकर पोखरेलको ‘मुख्यमन्त्री’ पद धरापमा, यस्तो छ कारण

काठमाडौं । नेकपा (एमाले) र नेकपा (एमाओवादी) केन्द्रबीच निर्वाचन अगाडि भएको सहमतिअनुसार पार्टी एकीकरणको कुराले गति लिन नसकेपछि प्रदेश सरकारको समीकरण भत्किने अवस्थामा पुगेको टिकाटिप्पणी हुन थालेको छ ।

प्रदेशमा बाम गठबन्धनको समीकरण भत्कियो भने सबैभन्दा ठूलो नोक्सानी एमालेका नेता शंकर पोखरेललाई पर्ने देखिएको छ । एमालेबाट भावी मुख्यमन्त्रीको दौडका एक्ला प्रतिस्पर्धी पोखरेलले बाम समीकरण भत्किने हो कि भनेर तनाव लिएको स्रोतको भनाइ छ । यद्यपि, बाम गठबन्धन भत्किएन भने पोखरेल मुख्यमन्त्री बन्ने पक्का छ ।

माओवादी केन्द्रले ६ र ७ नं. प्रदेशमा मुख्यमन्त्रीमा दावी गरिरहेको छ । तर, एमालेले माओवादीलाई ती दुई प्रदेशमा मुख्यमन्त्री दिन मानिरहेको छैन । यस्तो अवस्था आयो भने सबै प्रदेशहरूमा बाम गठबन्धनको समीकरण भत्किने अवस्था आउन सक्ने एमालेकै एक पदाधिकारीले बताए ।

प्रदेश नं. ५ मा जम्मा ८७ सिट रहेको छ । सो सिटमध्ये एमाले एक्लैले ४१ सिट जितेको छ । एमाले बहुमतबाट चार सिट पछाडि छ ।
माओवादीको २० सिट थपिँदा बाम गठबन्धनको ६१ सिटसहित भारी बहुमत पुग्ने भएकाले सहजै सरकार बन्छ ।

कांग्रेसले १९ सिट जितेको छ । संघीय समाजवादीले पाँच तथा राजपा र राजमोले एक–एक सिट जितेका छन् । वाम गठबन्धन टुटेको अवस्थामा भने संघीय समाजवादी फोरमको सिट निर्णायक हुन सक्छ ।

कांग्रेस, माओवादी र संघीय समाजवादी फोरम मिलेमा ४४ सिटसहित बहुमतको अर्को समीकरण बन्ने सम्भावना पनि रहन्छ ।

एमालेका नेताहरूले माओवादीसँग पार्टी एकीकरणभन्दा पनि प्रदेश र केन्द्रीय सरकार बनाउनका लागि मात्रै तालमेल गर्ने भित्री योजना बनाएपछि एमाले–माओवादीबीच आशंका उत्पन्न भएका हुन् ।

Published : Sunday, 2018 January 28, 7:50 am

1 प्रतिकृया प्राप्त “शंकर पोखरेलको ‘मुख्यमन्त्री’ पद धरापमा, यस्तो छ कारण”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया