किन आतुर छन् ओली भारतको सहयोगका लागि ?

काठमाडौं । वाम गठबन्धनले सरकार बनाउने अन्तिम तयारी गरिरहेका बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रधानन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर काठमाडौं आउँदै छिन् । स्वराजको भ्रमणका विषयमा विभिन्न अड्कालबाजी सुरु भएका छन् ।

भारतीय विदेशमन्त्री स्वराज आकस्मिकरुपमा नेपाल भ्रमणमा किन आउन लागेकी हुन् भनेर प्रश्नहरू उब्जिएका छन् । एमालेका नेता राजन भट्टराईले स्वराजको भट्टराईलाई अन्यथा लिन नहुने बताउँछन् । ‘दुई मुलुकबीचको सम्बन्ध सुधार आवश्यक छ’, उनले भनेका छन्, ‘त्यस बेलाको परिस्थिति निर्वाचनपछि बदलिएको छ । नयाँ परिस्थितिमा नयाँ ढंगले जानुपर्छ ।’ बिहीबार काठमाडौं आएर स्वराज राजनीतिक भेटवार्ता गरेर शुक्रबार नयाँ दिल्ली फिर्ता हुने छिन् ।

निर्वाचन सम्पन्न भएपछि भारतले नेपाललाई स्थायी सरकार बन्ने भएकोले विशेष महत्व दिएको जानकारहरूको भनाइ छ । यसको पछिल्लो उदाहरण हो–एमाले अध्यक्ष केपी ओलीलाई एक महिनामा दुई पटक फोन गर्नु र बधाई दिनु । एमालेका नेताहरू विशेष गरेर केपी ओली भारतसँग पहिलाकै जस्तो गरेर नयाँ सम्बन्ध बनाउन चाहन्छन् । त्यसका लागि उनी अतुर छन् ।

दुई दिने काठमाडौं बसाईका क्रममा उनले विभिन्न राजनीतिक पार्टीका नेताहरूसँग द्विपक्षीय हितका बारेमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले जनाईसकेको छ । नयाँ सरकार बन्न लागेका बेला हुन लागेको विदेशमन्त्री स्वराजको भ्रमणलाई भारतीय विदेश मन्त्रालयले द्विपक्षीय भेटघाटको परम्पराको रुपमा व्याख्या गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा यस्तो भ्रमणले द्विपक्षीय सहकार्यलाई बृद्धि गर्नुका साथै सम्बन्धका विविध क्षेत्रलाई अरु बलियो बनाउने उसले बताएको छ ।

भारतीय विदेश मन्त्रालयले यस्तो व्याख्या गरेपनि परराष्ट्र मन्त्रालयका अधिकारीले यो भ्रमणलाई स्वभाविक रुपमा लिएका छैनन् ।

एउटा सरकार विदा भएर अर्को सरकार बन्न लागेका बेला हुन थालेको यो भ्रमण स्वभाविक छैन । परराष्ट्र मन्त्रालयका ती अधिकारीका भनाईमा, ‘नयाँ सरकार बनेपछि आएको भए त्यसलाई स्वभाविकरुपमा लिन सकिने थियो । तर त्यस्तो भएन ।

मोदीले नेपाललाई आर्थिक रुपमा समृद्ध भएको हेर्न चाहेका छन् भन्ने सन्देश दिन चाहन्छन् । सोही अनुरुप मोदीले नेपालमा वाम गठबन्धनको पाँच वर्षको लागि सरकार बन्ने निश्चित भएकोले मोदीले विकास साझेदारमा काम गर्न चाहेका छन् ।

वाम गठबन्धनको दब्दवा रहेका बेला नरेन्द्र मोदीले विदेशमन्त्री स्वराजलाई नेपाल भ्रमणमा पठाउन लागेका छन् । स्वराजले मोदीको विशेष सन्देश बोकेर आउने भारतीय उच्च अधिकारीको दाबी छ ।

Published : Wednesday, 2018 January 31, 8:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया