दलको नेता चयन गर्न सातै प्रदेशमा खटिए कांग्रेसका सात ‘कमाण्डर’

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

प्रदेश १ मा डा मीनेन्द्र रिजाल, प्रदेश २ मा विमलेन्द्र निधि, प्रदेश ३ मा डिना उपाध्याय, प्रदेश ४ मा गोविन्द भट्टराई, प्रदेश ५ मा बालकृष्ण खाँण, प्रदेश ६ मा ह्दयराम थानी र प्रदेश ७ मा एनपी साउदलाई खटाएको हो ।

प्रदेश सभा बैठक सुरु भइसकेको अवस्थामा दलले संसदीय दलको नेता छान्नु पर्ने प्रावधान रहेकोले नेता छान्न केन्द्रीय नेताहरूलाई पार्टीले जिम्मेवारी प्रदान गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । स‌ंसदीय दलको नेता चयन भने राष्ट्रिय सभा सदस्यको निर्वाचण परिणापछि सार्वजनिक गरिनेछ ।

कांग्रेसले तीन सदस्यीय विधान मस्यौदा समिति गठनसमेत गठन गरेको छ । कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालको संयोजकत्वमा बनेको समितिमा मुख्यसचिव पौडेल र सूचना अधिकारी केशव रिजाल रहेका छन् ।

कांग्रेसले प्रदेशसभाका सदस्यहरूलाई प्रभावकारी भूमिका निभाउन अभिमुखीकरण कार्यक्रम थाल्ने जनाएको छ ।

Published : Thursday, 2018 February 1, 7:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया