महिनावारी भएका बेला व्यायाम गर्ने कि नगर्ने ?

काठमाडौं । महिनावारीका बेला महिलालाई पीडादायी हुनेगर्छ । महिलामा थकान, कमजोरी, पेट दुखाइ आदि कारणले समस्या बनाउने गर्छ ।
महिनावारीको समयमा व्यायाम गर्दा शारीरिक फिटनेस, हृदयाघात नियन्त्रण हुने, स्ट्रोक, अर्थाइटिस, ओस्टियोपोरोसिस, मधुमेहजस्ता समस्या नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास छ ।
महिनावारीको वेलामा व्यायाम गर्दा शरीरमा हार्मोनको स्तरमा परिवर्तन आउँछ र शारीरिक असर कम गर्न सहयोग गर्छ ।
व्यायाम गर्दा शरीरमा उत्पादन हुने एन्डोफ्रिनले मुड परिवर्तन गर्नुका साथै बारम्बार भइरहने ‘मुडस्विङ’मा राहत दिन्छ । थकान र टाउको दुखाइ कम गर्छ ।
रक्तसञ्चारमा सुधार गरी महिनावारीमा जाने रगत व्यवस्थित गर्छ । योसँगै अधिकांशले महिनावारीको समयमा झेल्ने डिस्मोनोरिया कम गर्न राहत दिन्छ ।
महिनावारी भएका बेला दौड, जगिङ, स्टेयर क्लाइम्बिङ गर्नुपर्छ । यी एक्सरसाइजले शरीरमा एन्डोफ्रेन हार्मोनहरू उत्पादनमा बढावा दिनुका साथै शरीरको तापक्रमसमेत सन्तुलनमा राख्छ ।
महिनावारीको समयमा जटिल खालको एक्सरसाइज भने गर्नुहँुदैन । रनिङ वा जगिङ गर्दा पाँचदेखि १० मिनेट मात्रै उपयुक्त हुन्छ ।
विज्ञहरूले शरीरलाई भार नपर्ने गरी ब्रिस्कवाक, रनिङ, स्विमिङ, योगा, एडोमेन एक्सरसाइज, वेट लिफ्टिङ, डान्सजस्ता व्यायाम गर्न सकिने सुझाब दिएका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया