एमाले ‘छक्क’ पर्ने गरेर आयो सरकारको अर्को निर्णय

काठमाडौं । एमालेले विभिन्न आरोप लगाएर वर्तमान सरकारको बदनाम गर्ने प्रयास गरिरहेका बेला मन्त्रिपरिषदले राष्ट्रिय सभामा मनोनीत हुने तीन जनाको नाम सिफारिस गरेको छ ।

सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनयनको सिफारिस गरेको हो । एक महिलासहित तीन जनालाई सरकारको सिफारिशमा राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनयन गर्ने प्रावधान संविधानमा उल्लेख छ ।

बस्नेत झापा कांग्रेसका पूर्व सचिव हुन् । पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवमा कार्यरत छन् । जोशी कांग्रेस निकट व्यवसायी हुन् ।

सरकारको यो निर्णयसँगै नयाँ सरकारको नेतृत्व लिन तयार भएर बसेको नेकपा (एमाले)ले त्यसलाई रोक्न विभिन्न जोडबल गरेको स्रोतले जनाएको छ ।

एमालेका अध्यक्ष केपी ओलीले सरकारले सिफारिस गरेका तीन जनाको नाम राष्ट्रिय सभा सदस्यका लागि अनुमोदन नगर्न राष्ट्रपतिलाई दवाव दिएको एमालेका एक नेताले जानकारी दिए ।

Published : Saturday, 2018 February 10, 5:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया