देउवालाई अफ्ठ्यारो बनाउन पौडेल समूह सक्रिय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका लागि गरेको सिफारिसप्रति पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको छ ।

पार्टीभित्र छलफल नै नगरी देउवाले आफ्नानिकटका व्यक्तिलाई मात्र राष्ट्रिय सभामा सिफारिस गरेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको हो । पार्टीभित्र छलफल गरेर मात्रै गर्छु भन्नुभएको थियो । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको निर्णय एकैचोटि सुन्नमा आएको पौडेलनिकट स्रोतले जनाएको छ ।

पार्टी पद्धति र विधि एकपछि अर्को गरी मिच्दै गएको भन्दै पौडेल पक्ष देउवासँग असन्तुष्ट भएको हो । मन्त्रिपरिषदको शुक्रबारको बैठकले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

बस्नेत झापा कांग्रेसका पूर्वसचिव हुन् भने पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव । यी दुवै देउवानिकट हुन् । जोशी भने राप्रपा प्रजातान्त्रिकको सिफारिसमा परेकी हुन् ।

मन्त्रिपरिषद्ले शुक्रबार नै निर्णय गरे पनि प्रधानमन्त्री कार्यालयले शनिबार बिहान मात्रै राष्ट्रपति कार्यालयमा सिफारिस दर्ता गराएको छ ।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा ले समेत प्रधानमन्त्री देउवाको एकल निर्णयको विरोध गरेका छन् ।

प्रदेश २ को राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग तालमेल गर्दा सरकारले मनोनीत गर्ने तीन जनामा पनि सहमतिअनुसार गर्ने भन्ने समझदारी भएको राजपा महासचिव केशव झाले बताए ।

Published : Sunday, 2018 February 11, 7:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया