कांग्रेस, माओवादी र राजपाको सूचीमा त्रुटि, सांसदको पद धरापमा

काठमाडौं, २९ माघ । निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट गरी नाम सिफारिस गर्न पुनः दुई दिनको समय दिएर पत्राचार गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार साँझ बसेको आयोग बैठकले यस्तो निर्णय गरेको हो । आयोगले सोमबार बन्द सूचीका उम्मेदवारहरूमध्ये निर्वाचित गर्न नाम सिफारिस गरेका तर प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार, समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट नभएकाले आयोगले फागुन २ गते पाँचबजेभित्र नामावली सच्याएर आयोगमा पेश गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी नेपाललाई पत्राचार गर्ने निर्णय गरेको छ ।

आयोगले सूची सच्चाउन भनेर पत्र पठाएपछि सूचीमा रहेका केही सांसदमा पद धरापमा परेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा ती सांसदको नाम भने खुलाएको छैन ।

Published : Monday, 2018 February 12, 9:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया