ओली–दाहालबीच यसरी मिल्यो कुरा, बुधबार बैठक राख्ने सहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भएको सहमतिलाई एकता संयोजन समितिको बैठकबाट अनुमोदन गर्ने निर्णय भएको छ ।

ललितपुरको मानभवनस्थित एक व्यापारीको निवासमा मंगलबार भएको वार्तामा अहिलेसम्म भएका सहमतिलाई एकता संयोजन समितिको बैठकबाट अनुमोदन गर्ने तयारी भएको हो । ओली–दाहालबीच वैचारिक र सांगठनिक विषयमा दुई वटा कार्यदल बनाउने सहमति समेत भएको छ ।

त्यसका लागि बुधबार दुई बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको छ । सोही बैठकले पार्टी एकताको टुंगो लगाउने स्रोतले जनाएको छ ।

ओली र प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष रहने, प्रधानमन्त्री आलोपालो गर्नै र एकतापछि पार्टीका नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने दुई अध्यक्षबीच सोमबार नै सहमति भएको नेताहरूको दाबी छ ।

पार्टी एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओलीका साथै माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र र्इश्वर पोखरेल तथा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, रामबहादर थापा र नारायणकाजी श्रेष्ठ रहेका छन् ।

Published : Tuesday, 2018 February 13, 7:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया