ओलीको प्रस्तावपछि नेपाल–भारत प्रबुद्ध समूहको बैठक काठमाडौंमा

काठमाडौं, ६ फागुन । केपी ओली प्रधानमन्त्री बने लगत्तै नेपाल–भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित दुईपक्षीय प्रबुद्ध समूहको आउँदो बैठक काठमाडौंमा बस्ने तय भएको छ ।

बैठक यहि फागुन ११ र १२ गते काठमाडौंमा बस्ने तय भएको हो । दुई देशमा आलोपालो गरी बैठक बस्ने चलन अनुसार यसपटकको बैठक नेपालमा बस्न लागेको छ । यसअघि गएको जनवरीमा भारतको नयाँ दिल्लीमा बैठक भएको थियो ।

काठमाडौंमा हुने यसपटकको बैठकमा यसअघिका बैठकमा भएका मौखिक र लिखित छलफलका आधारमा तयार पारिएको मस्यौदा आदान–प्रदान हुने स्रोतले जानकारी दिएको छ ।

प्रबुद्ध समूहमा नेपालको नेतृत्व पूर्व मन्त्री तथा कुटनीतिज्ञ डा.भेषबहादुर थापाले गर्नेछन् भने भारतीय समूहको नेतृत्व भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले गर्दै छन् ।

गएको पुस २६ र २७ गते नयाँ दिल्लीमा भएको बैठकमा नेपाल–भारतबिच भएका पुराना सन्धि सम्भौताको पुनरावलोकन गर्ने विषयमा छलफल भएको थियो ।

Published : Sunday, 2018 February 18, 9:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया