ओलीको स्वागतमा गुटका नेता मात्रै, नेपाल–खनाल आएनन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग हतार–हतारमा प्रधानमन्त्रीको शपथ लिएका नवनियुक्त प्रधानमन्त्री केपी ओली सरकारी निवास बालुवाटारमा पनि हतार–हतार प्रवेश गरेका छन् ।

ओली आइतबार साँझ साइत हेराएर दलबलसहित बालुवाटार प्रवेश गरेका हुन् । ओली साँझ ६ बजेर ३३ मिनेटमा बालुवाटार प्रवेश गरेको निजी सचिवालयले जनाएको छ ।

पूर्वी गेटबाट प्रवेश गरेका ओली आफू बस्ने निवाससम्म पुग्न झण्डै आधा घण्टा लागेको थियो । उनको स्वागतमा एमालेका नेता तथा कार्यकर्ताहरू लाइन लागेर बसेका थिए ।

त्यति मात्रै होइन ओलीको स्वागतमा धिमे बाजा समेत बजाइएको थियो । ओलीको चाकढी गर्न र खुसी बनाउन केही नेता तथा कार्यकर्ताले ठूलाठूला ब्यानर, फूलका गुच्छादेखि अनौठा उपहारहरू दिएका थिए ।

सरकारी निवास प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीलाई एमाले उपाध्यक्ष भीम रावल, महासचिव र्इश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सहितका नेताले स्वागत गरेका थिए । ओलीको स्वागतमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितका शीर्ष नेताहरू भने आएनन् ।

सरकारी निवास प्रवेश कार्यक्रममा ओलीलाई स्वागत गर्न आफ्ना गुटका नेता तथा कार्यकर्ताहरूको मात्रै सहभागिता रहेको एक नेताले बताए ।

Published : Monday, 2018 February 19, 10:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया