राष्ट्रपति र प्रधानमन्त्रीको अवैधानिक कदमविरुद्ध मैदानमा उत्रियो नेविसंघ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीविरुद्ध नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सडकमा प्रदर्शन गरेको छ ।
नेविसंघका अध्यक्ष नैनसिंह महरसहितका नेविसंघका नेता तथा कार्यकर्ताले मंगलबार अपरान्ह प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन् ।
नेविसंघका अध्यक्ष महतरले प्रधानमन्त्री ओलीको दवावमा सबैको साझा संस्था राष्ट्रपति भण्डारीले संविधान विपरितको काम गरेकाले बाध्य भएर विरोधमा प्रदर्शन गरिएको बताए ।
‘राष्ट्रपति भनेको संस्था हो । यो सबैको साझा संस्था हो’, महरले भने, ‘शेरबहादुर देउवा नेतृत्वले गरेको सिफारिसलाई अड्काएर राख्ने । आफू निकटको दलका प्रधानमन्त्रीले गरेको सिफारिसलाई तत्काल एक घण्टाभित्र अनुमोदन गरेर ३ जना सदस्य नियुक्ति गर्ने कति लाजमर्दो विषय यो ?’
उनले राष्ट्रिय सभा सदस्य नियुक्तिमा भएको निर्णयलाई सच्चाउन प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई चेतावनी दिए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका राष्ट्रिय सभा सदस्यहरू फिर्ता गरेर प्रधानमन्त्री केपी ओलीले नयाँ नाम सिफारिस गरेपछि नेविसंघले आपत्ति जनाएको थियो ।
Yo Kura Maa ma sahamat
रास्ट्रपति पथ साझा हो
Bam le satta ko power dakhawan khojeko ho bam haru lai pakha lagaunai parcha
Yedi yo kura sacho ho vane yo galat ho
Ma sahamat xu