प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुनको मृत्यु

बुटवल । व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मस्टवान्टेड ‘गुण्डा नाइके’ मनोज पुन र उनका सहयोगी सोम आलेको प्रहरीसँगको मुडभेडमा मृत्यु छ ।

बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका – ४ भवानीपुरमा प्रहरीसँगको मुडभेडमा पुन र आले मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । आले निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न थिए ।

प्रहरी प्रमुख ज्ञवालीका अनुसार उनीहरू नेपाल आएको सूचनाका आधारमा सम्बन्धित इलाकामा सिआइबीले सर्च अभियन चलाएको थियो ।

सर्च अभियनामा गएको सिआईबीका अंगुर डिसीको टोलीमाथि पुन र आलेले फाइरिङ गरेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गर्दा उनीहरू घाइते भएका थिए ।

गोली लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छन् ।

पुनलाई युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, निमार्ण व्यवसायीका अध्यक्ष शरदकुमार गौचन, बुटबलका फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याका योजनाकार रहेको आरोपमा प्रहरीको मस्टवाण्टेड सूचीमा रहेका थिए ।

Published : Wednesday, 2018 February 21, 7:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया