संविधान संशाधन गर्न एमाले सहमत

काठमाडौं । प्रमुख सत्तारुढ दल एमाले आफ्नै नेतृत्वमा संविधान संशोधन गर्न तयार भएको छ ।

संविधानको कुन धारामा कस्तो संशोधन गर्ने भन्ने बारेमा भने औचित्यका आधारमा छलफल हुने एमालेले जनाएको छ ।

दुई तिहाई बहुमत सहितको सरकारको नेतृत्व गर्न अग्रसर भएका प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर गर्ने भएका छन् । त्यसका लागि एमाले र संघीय समाजवादी फोरमका नेताहरुबीच मंगलवार विभिन्न चरणमा वार्ता भएका छन् ।

फोरमसँग वार्तामा रहेका एमाले नेता सुवास नेम्वाङका अनुसार बुधबारसम्म सहमतिका बुँदामा हस्ताक्षर हुनेछ ।

बुधबार शीर्ष तहबाट सहमति जुटाएपछि सहमतिमा हस्ताक्षर हुने र फोरम सरकारमा सहभागी हुनेछ ।

Published : Tuesday, 2018 February 27, 5:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया