अब्बासीको भ्रमणले दिल्लीको ‘दिल’ गायब, ‘रअ’ पूरै असफ

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीको अचानक नेपाल भ्रमणले नयाँ दिल्लीमा भूकम्प गएको छ । अब्बासीको भ्रमणबाट भारतलाई ठूलो झट्का लागेको छ ।

नेपालमा आफू अनुकूलको शासन व्यवस्था ल्याउन नसकेपछि आत्तिएको भारतीय पक्षलाई पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमणले टाउको दुखाइ भएको हो । अब्बासी नेपाल आउनेबारे भारतले समयमा थाहा नपाएको एक उच्च अधिकारीले बताए ।

नेपालमा कम्युनिष्ट सरकारको लोकप्रियता र शक्तिशाली राष्ट्र चीनको अदृश्य सहयोगबाट दिक्क भएको भारतले कुटनीतिमा ठूलो असफल हुँदै गएको महशुस गरेको छ । अब्बासीको नेपाल भ्रमण गराउनुमा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलको पनि विशेष भूमिका छ । पौडेलकै पहल तथा चीनको आग्रहमा अब्बासी नेपाल आएको उच्च स्रोतको भनाइ छ ।

चीनको सुझावमा कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीलाई बधाइ दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी आएको एमालेका एक नेताले बताए ।

‘भारतलाई चिट्ढाउन चीनको सुझावमा पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल भ्रमणमा आउनु भएको हो’, एमालेका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘भारतको दब्दवा दक्षिण एसियामा छैन भन्ने संकेत देखाउन पनि पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीको भ्रमणले ठूलो अर्थ राखेको छ ।’

भारतले पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमणलाई लिएर ठूलो चिन्ता र चासो जनाएको छ । भारतीय गुप्तचर संस्था ‘रअ’ले पनि पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपालका प्रधानमन्त्री ओलीलाई बधाइ दिन विशेष विमान लिएर आउँदै छन् भन्ने सुईको समेत पाएन ।

नेपाललाई सधै आफ्नो दास ठान्ने गरेको भनेर भारतको आलोचना हुँदै आएको छ । नेपालमा नाकाबन्दी लागेका बेला पाकिस्तान र पाकिस्तानी जनताले भारतको विरोध गर्दै ‘गो ब्याक ईण्डिया’को नारा लगाएका थिए । त्यति मात्रै होइन सामाजिक सञ्जालहरूमा क्याम्पेनिङ नै भएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीको यो भ्रमणले भारतीय पक्ष उठ्नै नसक्ने गरेर कुटनीतिक रुपमा असफल भएको विश्लेषण हुन थालेको छ । प्रधानमन्त्री ओलीले पनि अब्बासीको स्वागत र सत्कारमा कुनै कमी राखेका छैनन् ।

Published : Monday, 2018 March 5, 7:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया