कांग्रेस र चीनबीच दुरी बढ्यो, लियो बदला

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग मित्र राष्ट्र चीन र पाकिस्तान कतिसम्म रिसाएको रहेछ भन्ने कुराको रहस्य पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणले पुष्टि गरेको छ । चीनको आग्रहमा नेपालका कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीलाई बधाइ दिन आएका पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट नगरेर बदला लिएका छन् ।

अब्बासी दुई दिने नेपाल भ्रमण पूरा गरी मंगलबार इस्लामावाद फर्कि सकेका छन् । अब्बासीको भ्रमणलाई चीन र भारतबीचको टकरावका रुपमा लिइएको छ । पाकिस्तानले नेपालप्रति देखाएको यति ठूलो चासो र चिन्तालाई लिएर नेपाली राजनीति तरंगित भएको छ । नेपालको राजनीतिभन्दा पनि भारतको निदहराम भएको छ । पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणलाई लिएर नयाँ दिल्लीमा आपत्कालीन बैठक समेत बसेको स्रोतको भनाई छ । नेपालमा आफू अनुकूलको शासन व्यवस्था ल्याउन नसकेको भारतले नेपाल नीतिमा केही फेरबदल गर्ने स्पष्ट संकेत गरिसकेको छ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले काठमाडौंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मात्रै भेटवार्ता गरे । तर, संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्नेबारे सोच्न पनि सकेनन् । चीनको दवावमा पाकिस्तानी प्रधानमन्त्री अब्बासी यतिसम्म पूर्वाग्रही हुन्छन् भनेर कसैले सोचेका थिएनन् ।

अब्बासीको यो भ्रमणले पाकिस्तान र चीन प्रजातान्त्रिक शक्तिसँग नजिक छैन भन्ने संकेत दिएको छ । अब्बासीले काठमाडौंमा कम्युनिष्ट नेताहरूसँग मात्रै भेटवार्ता गर्नुले त्यही संकेत गर्छ । संसदीय लोकतन्त्रमा प्रमुख प्रतिपक्षी दलको नेता राज्यकै अंग हो । अब्बासीले चार पटक प्रधानमन्त्री भइसकेका प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग भेटवार्ता नगर्नुलाई ठूलो राजनीतिक विषयका रुपमा विश्लेषण हुन थालेको छ ।

औपचारिक भेटवार्ता तालिकामा नराखेपछि सोमबार साँझ प्रधानमन्त्री ओलीले पाकिस्तानी प्रधानमन्त्री अब्बासीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा देउवा गएनन् । देउवाले कांग्रेसको तर्फबाट विजयकुमार गच्छदारलाई पठाएका थिए । यसअघि चीन सरकारका एकजना शक्तिशाली नेताले पनि देउवासँग भेटवार्ता नगरी फर्किएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन पोलिट्ब्युरो सदस्य लिउ छि पाओले देउवालाई भेट गरेका थिएनन् । २०७३ पुसको पहिलो हप्ता काठमाडौं आएका उनले प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरे पनि देउवा र ओलीलाई भेट नगरी फर्किएका थिए ।

होटल अन्नपूर्णमा तय भएको बैठक अन्तिम समयमा उनले झाडापखला लागेको भन्दै रद्द गरेका थिए । ओलीसँग भेट गर्दा देउवालाई मात्र नभेटेजस्तो देखिने भएपछि उनले दुवै नेतासँग भेट नगरी फर्किएको चर्चा चलेको थियो । चिनियाँ नेता लिउ नेपाल आउनु तीन महिनाअघि २०७३ कात्तिकमा इन्डिया फाउन्डेसनको कार्यक्रममा देउवा तिब्बती निर्वासित सरकार प्रमुख लोप्साङ साङ्गेसँग एउटै मञ्चमा सहभागी भएका थिए । त्यसकै बदला स्वरुप चिनियाँ नेताले देउवासँग त्यसबेला नभेटेको विश्लेषण गरिएको थियो ।

Published : Thursday, 2018 March 8, 11:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया