ओली अहिलेसम्मकै ‘पावरफुल’ प्रधानमन्त्री, सुध्रिदै भारतसँगको सम्बन्ध

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टी नेपालको पनि समर्थन पाउने भएका छन् । राजपाको समर्थन सँगै ओली दुईतिहाइभन्दा पनि धेरै मतका साथ प्रधानमन्त्री बन्नेछन् ।

प्रधानमन्त्री ओलीले आइतबारसंसदबाट विश्वासको मत ल्याउँदै छन् । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरूले पक्षमा मतदान गर्ने राजपाका नेता राजकिशोर यादवले बताए ।

प्रतिनिधि सभाको शनिबारको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले संविधान संशोधन र प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको बताए ।

नेता यादवले छ प्रदेशमा वाम गठबन्धनको र प्रदेश २ मा आफूहरूको सरकार गठन भइसकेको अवस्थामा सोही बमोजिम अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

सबै तहको निर्वाचन भइ मुलुक अगाडि बढेकाले समृद्धिमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै यादवले संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले समर्थन गर्ने निर्णय गरिसकेको छ ।

राजपा नेपाल र संघीय फोरमको समर्थनसँगै ओली अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्रीका रुपमा देखिएका छन् । यसअघिका प्रधानमन्त्रीले यति धेरै विश्वासको मत पाएका थिएनन् ।

राजपाको समर्थनले ओलीलाई भारतसँग विग्रिएको सम्बन्ध सुधार गर्न खोजिएको रुपमा हेरिएको छ । कुरा मिल्यो भने ओलीले राजपाका संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति सहित सरकारमा लैजाने तयारी गरेका छन् ।

Published : Saturday, 2018 March 10, 4:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया