गगन थापाको अभिव्यक्तिले कम्युनिष्ट प्रधानमन्त्रीको मुख मनिल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले वाम गठबन्धनको चुनावी घोषणा पत्र स्मरण गराउँदै प्रधानमन्त्री केपी ओलीको दिनगन्ती सुरु भएको चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने संसदको बैठकमा युवा नेता थापाले भने, ‘हामी प्रतिपक्षमा उभिए पनि हामी प्रष्ट छौं, दुई तिहाई हाराहारी मत प्राप्त गरेर विश्वासको मत प्राप्त गर्नु हुनेछ । तर, आजबाट दिनगन्ती सुरू भएको छ ।’

थापाले भने, ‘घोषणा पत्रमा लेख्नु भएको छ, ५ वर्षमा प्रत्येक वर्ष आर्थिक बृद्धिद्धर १० प्रतिशत हुनेछ । भ्रष्टाचार शून्य हुन्छ । २ वर्षभित्र एउटा पनि कृषिउपज किन्नु पर्दैन, ५ वर्षमा बेचेर खनखन पैसा कमाउँछ । फास्ट ट्राक बन्नेछ, २५ लाख पर्यटक भित्रिनेछन् । तपाईहरूले भनेको घोषणापत्रको कुरा एकएक गरेर कांग्रेसले जवाफ माग्नेछ ।’ एकपछि अर्को चुनावी घोषणा पत्रका बाचा स्मरण गराउँदै कांग्रेस सांसद थापा ओलीमाथि खनिएका थिए ।

थापाले बलियो नेताका रुपमा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र व्यहोरिसकेको भन्दै संस्थाहरूलाई बलियो बनाएर सिस्टमले डेलिभरी दिन सक्नुपर्ने ठाउँमा हामी कतै बरालिएर संस्था होइन, व्यक्ति बलियो बनाउने ठाउँमा पुग्यो भने दुर्घटनामा पर्ने भन्दै सचेत गराए ।

कांग्रेस सांसद थापा ओली अब एमाले अध्यक्ष मात्र नभएर प्रधानमन्त्री भइसकेको भन्दै जे पनि बोल्न नपाइने बताए । ‘चुनाव प्रचारका क्रममा प्रधानमन्त्रीले आफूलाई ‘यो केटा सेलिब्रेटी हो, फोटो खिचाउन काम लाग्छ’ भनेको स्मरण गर्दै कांग्रेस सांसद थापाले भने, ‘सम्माननीय प्रधानमन्त्री अब एमालेको अध्यक्ष होइन, नेपालको प्रधानमन्त्री हो । अब जे पनि बोल्न पाइन्नँ। प्रत्येक चोटी बोकेको कुराको हिसाव किताव दिनुपर्छ ।’

यसपछि लगत्तै प्रधानमन्त्री केपी ओलीले गगन थापालाई जवाफ दिएका छन् । संसदमा दोस्रो पटक बोल्ने क्रममा ओलीले संसदमा बहुमत हुँदाहुँदै दुई तिहाइको समर्थन दम्भ र दुरुपयोगका लागि नभएको दाबी गरे ।

वाम गठबन्धनको सरकारले बोलेका कुरा पूरा गर्नुपर्छ भनेका थापाले उद्यारोमा होइन खनखन गनेर जवाफ दिनुपर्ने बताए ।

Published : Sunday, 2018 March 11, 7:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया