गगनले कांग्रेसको मनोवल उठाइदिएको त्यो पल…

काठमाडौं । मधेस केन्द्रित दलहरूको समर्थनमा कम्युनिष्ट प्रधानमन्त्री केपी ओलले दुईतिहाईभन्दा धेरै मतसहित विश्वासको मत लिइरहेका बेला नेपाली कांग्रेसका युवा नेता गगन थापाले लोकतान्त्रिक शक्तिहरूको मनोबल उच्च हुने गरेर दिएको सम्बोधनले सामाजिक सञ्जालमा प्रशंसा भएको छ ।

कम्युनिष्टहरूको बर्चश्व रहेको संसदमा प्रधानमन्त्र ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुञ्चे स्वरमा विश्वासका लागि मत मागेका थिए । त्यही रुञ्चे शैलीमा नेपाली कांग्रेसका उपनेता विजय गच्छदारले जवाफ दिए । गच्छदारको जवाफले नेपाली कांग्रेसका सांसद र शुभेच्छुकहरूको फिटिक्कै चित्त बुझेने ।

त्यसपछि पालो आयो युवा नेता थापाको । जब थापाले संसदमा कम्युनिष्ट प्रधानमन्त्रीका एकएक अभिव्यक्ति र वाम गठबन्धनको एकीकृत घोषणापत्रलाई स्मरण गराउँदै वक्तव्य दिए कम्युनिष्टहरू हेरेको हेरै ।

संसदमा थापाको सम्बोधनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । थापाले ओली र मधेस केन्द्रित दलहरूबीचको साँठगाँठका बारेमा पनि दिल खोलेर बोलेका छन् । थापाको अभिव्यक्तिले मधेस केन्द्रित दलहरू बोल्नै नसक्ने गरेर थला परेको टिप्पणी सामाजिक सञ्जालमा हुन थालेको छ ।

नेपाली कांग्रेसकी सांसद विमला नेपालीले भनिन्, ‘कम्युनिष्ट नेताहरूले रुञ्चे स्वरमा संसदमा विश्वासको मत मागे । विजयकुमार गच्छदारले पनि रुञ्चे स्वरमा जवाफ दिनुभयो । हामीलाई चित्त बुझेको थिएन । गगन थापाले हामी कांग्रेसका सांसदहरूको मनोवल बढ्ने गरेर जवाफ दिनुभयो ।’

कांग्रेसका युवा नेता थापाले अबको पाँच वर्ष कांग्रेस प्रतिपक्षमा बसेर कम्युनिष्ट सरकारको एकएक गतिविधिको ‘वाच’ गर्ने भनेर अभिव्यक्ति दिएपछि संसदमा सन्नाटा छाएको थियो । थापाको अभिव्यक्तिले कम्युनिष्ट पार्टीका सांसदहरूको ओठमुख सुकेको सांसद उमाकान्त चौधरीले बताए । ‘गगनजीको सम्बोधनले कम्युनिष्ट सरकारलाई मनमा चिसो पसेको छ’, उनले भने ।

Published : Monday, 2018 March 12, 12:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया