तनावमा विद्रोही न्यायाधीशहरू, कर्मचारीले गरे असली निर्णय

काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरुको विवादका कारण न्यापालिकानै विवादमा परेका बेला सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको पक्षमा उभिएको छ ।

सर्वोच्चमा कार्यरत कर्मचारी संगठनहरुले अविलम्ब पूर्ण बैठक बसी समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।

न्यायाधाशीहरुका कारण उत्पन्न समस्या समयमै समाधान नगरिए बेन्च बहिस्कार गर्ने न्यायाधीशहरुको राजीनामा मागसहित आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।

सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियन आवद्ध विभागीय कार्य समितिहरुले संयुक्त विज्ञप्ति निकाली न्यायालयको मानमर्दन तथा न्यायपालिकाको जनआस्था खस्कने कार्यमा न्यायाधीशनै संलग्न रहेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा एमाले सम्वद्ध निजामति कर्मचारी संगठनका अध्यक्ष धनराज पोखरेल, कांग्रेस सम्बद्ध कर्मचारी युनियनका अध्यक्ष प्रभाकरकुमार मल्लिक र माओवादी सम्बद्ध कर्मचारी संगठनका अध्यक्ष प्रकाश पराजुलीलगायतले हस्ताक्षर गरेका छन् ।

कान्तिपुर दैनिकको मानहानी सम्बन्धी मुद्दा र एनजिओहरूको दवावमा परेर सर्वोच्च अदालतभित्र न्यायाधीशहरूको विद्रोह भइरहेका बेला कर्मचारीहरूले सर्तकतापूर्ण निर्णय गरेका छन् । उनीहरूको यो निर्णयले विद्रोही न्यायाधीशहरूलाई ठूलो थ्रेट पुगेको छ ।

Published : Tuesday, 2018 March 13, 11:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया