सर्वोच्चमा जोशीले लिए जिम्मेवारी, पराजुली चिन्तित

काठमाडौं । गोपाल पराजुली सचिवको पत्रसँगै अवकास हुन पुगेपछि कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा दीपकराज जोशीले इजलास तोकेका छन् ।

बिहीबारको इजलास कसले तोक्ने हो भनेर अन्यौल भइरहेका बेला जोशीले इजलास तोकेका हुन् । योसँगै जोशीले कार्यबाहक प्रधानन्यायाधीशको रुपमा काम अगाडि बढाएका छन् ।

सर्वोच्च अदालतको वेबसाइटमा राखिएको इजलाससम्बन्धी सूचनामा जोशीलाई कायममुकायम प्रधानन्यायाधीश भनिएको छ ।

उमेर विवादका कारण न्यायपरिषदका सचिवले बुधबार पराजुलीलाई पत्र दिएपछि प्रधानन्यायाधीश प्रकरणमा नयाँ मोड आएको थियो ।

Published : Thursday, 2018 March 15, 10:19 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया