बुहारीलाई मन्त्री बनाउने सहमति, एमालेभित्र झगडा, सूची तयार

काठमाडौं । प्रधानमन्त्री केपी ओली र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सरकारमा जानेबारेमा वार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको वार्तामा छिटोभन्दा छिटो सहमति गरेर सरकारमा सहभागी हुने सहमति भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले
मन्त्रीको नाम पनि सिफारिस गर्न अध्यक्ष यादवलाई आग्रह गरेका छन् ।

फोरमलाई सहरी मन्त्रालय दिने निश्चित भए पनि यादव आफैँ मन्त्रीमा जाने भए परराष्ट्र मन्त्रालय दिन एमाले राजी भएको छ ।

अध्यक्ष यादव नगएर अर्को कसैलाई मन्त्री पठाउने भए अर्को मन्त्रालय दिनेबारे छलफल चलिरहेको छ । फोरमले एमालेका प्रस्ताव स्वीकार गरिनसकेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

फोरमले लिने मन्त्रालयको छिनोफानो लगाउनासाथ माओवादी नेतृत्वसहितको बैठक पनि बालुवाटारमा बसेर आफ्ना मन्त्रीको टुंगो लगाउने भएको छ ।

उता, प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि मन्त्रीको नाम माग गरेको स्रोतले जनाएको छ ।

माओवादीबाट वर्षमान पुन, शक्ति बस्नेत, बीना मगर, गिरिराजमणि पोखरेल र जनार्दन शर्माको नाम मन्त्रीका लागि चर्चामा छ । यी नाममा प्रचण्डले अन्तिममा समयमा फेरबदल गर्न सक्ने स्रोतको भनाइ छ । मन्त्री बन्न लागेकी बीना मगर अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।

प्रचण्डले पनि शुक्रबारसम्म मन्त्रिमण्डल बिस्तार हुने भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिइसकेका छन् ।

एमालेभित्र मन्त्री बन्ने धेरै आकांक्षी देखिएका छन् । रविन्द्र अधिकारी, योगेश भट्टराई रघुवीर महासेठ लगायतका नेताहरूले मन्त्रीका लागि ओलीलाई दवाव दिएको स्रोतको भनाइ छ । ओलीले कसलाई मन्त्री बनाउने हुन् एमालेका नेताहरूले समेत थाहा पाउन सकेका छैनन् ।

Published : Thursday, 2018 March 15, 6:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया