पुराना ‘डन’लाई फसाउन खोज्दा एसएसपी पोखरेलमाथि प्रश्न उठ्यो

काठमाडौं । फिल्मी शैलीमा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएका नेपाली कांग्रेसका नेता तथा पुराना गुण्डा नाइके गणेश लामालाई प्रहरीले १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

अहिलेसम्म प्रहरीले प्रयोग गर्ने हतियार लामाको हातबाट कसरी बरामद भयो भन्ने बारेमा केही खुलेको छैन । लामाले भने आफूलाई फसाउन प्रहरीले नै हतियार जवर्जस्ती राखिदिएको बताएका छन् । गोली कसलाई लाग्यो भन्ने बारे प्रहरीले खुलाएको छैन । गोली एक्कासि किन हान्नु पर्‍यो भन्ने बारेमा पनि प्रहरीले केही प्रष्ट पारेको छैन ।

लामाले बयानका क्रममा दुई प्रहरीको नाम पोलेको उच्च स्रोतले जनाएको छ । प्रहरीले त्यसलाई गुपचुप राखेको छ । लामाले आक्रमण गर्न लागेका व्यक्तिहरू को हुन् भन्नेबारेमा पनि केही खुलेको छैन । जसले गर्दा घटना संकास्पद र लामामाथि फसाउने नियतले योजना बनाइएको उनका आफन्तहरूले बताएका छन् ।

प्रहरी उच्च स्रोतका अनुसार लामामाथि इन्काउण्टर गर्ने प्रहरीको योजना असफल भएपछि उनलाई हातहतियार तथा खरखजना ऐनअन्तर्गत मुद्दा चलाउन लागिएको छ ।

हातहतियार तथा खरखजना ऐनअन्तर्गत  महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । लामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकबाट प्रदेशसभाका उम्मेदवारसमेत थिए ।

हिरासतमा राखिएका पुराना गुन्डा नाइके लामाको तस्बिर समेत प्रहरीले बाहिर लिक गरेको छ । मानवअधिकार हनन् हुने गरेर गौशाला प्रहरीले लामालाई हत्कडी लगाएर राखेको हिरासतभित्रको तस्बिर लिक गरेको थियो । लामाका आफन्तले हिसातमा बसेको व्यक्तिलाई हत्कडी लगाएको तस्बिर किन लिक गरियो भनेर प्रश्न गर्दै प्रहरी अधिकारीहरूविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।

लामाका आफन्तले काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलको नियतमाथि प्रश्न उठाएका छन् । उनीहरूले प्रहरीले इन्काउन्टर गर्ने योजना बनाएको र इन्काउन्टर गर्न नसकेपछि प्रहरीको पेस्तोल बरामद भएको भनेर मुद्दा चलाएको आरोप लगाएका छन् । लामाले पनि हतियारका विषयमा प्रहरीले बनाएको मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार गरिदिएका छन् । लामाले अस्वीकार गरेपछि एसएसपी पोखरेल झन् तनावमा परेको स्रोतको भनाइ छ ।

Published : Friday, 2018 March 16, 11:17 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया