ओलीको ‘खेल’बाट नेपाल तनावमा, खनाल दङ्ग

काठमाडौं । कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीले एमालेभित्र रहेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको गुटलाई फुटाउन रणनैतिक कमद उठाएका छन् ।

ओलीले नेपाल समूहका सचिव योगेश भट्टराईलाई मन्त्री बनाएनन् । रणनैतिक रुपमा ओलीले खनाल समूहका सचिव गोकर्ण विष्टलाई मन्त्री बनाएपछि नेपाल समूह तनाबमा परेको छ ।

मन्त्रिपरिषदमा एकाएक गोकर्णको इन्ट्रीले नेता नेपाल समूहमा खैलाबैला मच्चिएको छ । खनालले यसअघि आफूलाई राष्ट्रपतिमा दाबी गरेका थिए । राष्ट्रपतिमा विद्यादेवी भण्डारीले बाजी मारेपछि ओलीले खनाल निकट मानिएका नेता विष्टलाई मन्त्री बनाएर मन जितेका छन् ।

प्रधानमन्त्री ओलीले विष्टलाई श्रम तथा रोगजार मन्त्रालयको जिम्मेवारी दिएका छन् । ओलीको खतरनाक रणनैतिक योजनाले नेता नेपाल समूह तनावमा परेको हो ।

खनाल–नेपाल समूहलाई फुटाएर एकलौटी रुपमा एमाले र सरकार चलाउने योजनामा पुगेका ओलीले आफ्नो ‘पावर’ सबैलाई देखाइदिएका छन् । ओलीको यो खतरनाक कदमलाई सबैले राजनेताले गर्ने रणनैतिक योजनाको रुपमा ब्याख्या गरेका छन् ।

Published : Friday, 2018 March 16, 5:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया