शिक्षक संघ रामचन्द्र पौडेल समूहको कब्जामा

काठमाडौं । नेपाली कांग्रेस निकट शिक्षक संघको अध्यक्षमा राजेन्द्रराज पौडेल निर्वाचित भएका छन् ।

संघको आठौं महाधिवेशनमा शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो । निवर्तमान कार्यसमितिमा पौडेल महासचिव थिए ।

अध्यक्षका लागि पौडेल र निवर्तमान अध्यक्ष केशव निरौलाबीच प्रतिष्पर्धा भएको थियो । एकजना महिला उपमहासचिव बाहेक बाँकी सवै पदमा अध्याक्ष पौडेल समूहको जीत भएको छ ।

शनिबार सम्पन्न निर्वाचनको आइतवार मध्यन्ह प्राप्त परिणाम अनुसार पदाधिकारीहरूमा उपमहासचिव धनकला भण्डारी बाहेक सबै पौडेल समूहका निर्वाचित भएका छन् ।

राजेन्द्र पौडेल समूह नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूह हो । धनकला भण्डारी कांग्रेस नेता चन्द्र भण्डारीकी नातेदार हुन् ।

कसले कति मत पाए ?

अध्यक्ष :
राजेन्द्र राज पौडेल  – ३२४ (बिजयी)
केशब निरौला-२५६

बरिस्ठ उपाध्यक्ष :
यम पि.भुसाल -३१५ (बिजयी)
बिष्णुदेबि पान्डे -२५३

उपाध्यक्ष महिला :
पद्मिनी थापा – ३४३ (बिजयी)
सुसिला सुवेदी – २३६

उपाध्यक्ष प्रदेश ३
प्रेम प्रसाद भट्टराई – २८४ (बिजयी)
नरेन्द्र केसि – २५०
युबराज नेउपाने -३६

उपाध्यक्ष प्रदेस ४
बिष्णुहरि बास्तोला – २४५
भरत लम्साल- ३३१ (बिजयी)

उपाध्यक्ष प्रदेश ५
अमर ब खड्का – ३५७ (बिजयी)
निर्मल डागी- २१३

उपाध्यक्ष प्रदेश ६
जनक  ब शिह -२९७ (बिजयी)
भक्ती प्र उपाध्याय -२७४

उपाध्यक्ष प्रदेश ७
पदम अधिकारी -२३२
लक्ष्मण दत्त भट्ट – ३४० (बिजयी)

महासचिव :
गोकर्ण बानियाँ – २७४
सोमनाथ गिरि – ३०२ (बिजयी)

महासचिव अर्थ :
गिता  सिवाकोटी – २४८
पुष्पकला  भट्टराई – ३२० (बिजयी)

उप महासचिव :
सुन्दर पन्त- ३०२ (बिजयी)
ज्ञानेन्द्र रावल – २६९

उप महासचिव  महिला :
धनकला भन्डारी -३४६ (बिजयी)
बिन्दा थापा बस्नेत – २१५

उप महासचिव अर्थ :
प्रभाकुमारी सिजापती – २६४
वाङ जुङ लामा- ३०३ (बिजयी)

उप महासचिव समाबेसी :
नुर मोहम्मद मिया- २९२ (बिजयी)
पवन यादव – २६८

उप महासचिव कर्णाली :
कालीबहादुर शाहि- २४९
भगवती श्रेष्ठ – ३२० (बिजयी)

Published : Sunday, 2018 March 18, 7:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया