संखुवासभामा यस कारण भएको थियो सामूहिक हत्या, आफन्त नै पक्राउ
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2021/09/Lokbahadur-Karki.jpg?resize=810%2C504&ssl=1)
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिका– १ उमलिङमा सात जनाको सामूहिक हत्या प्रकरणमा प्रहरीले दोषीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लोकबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । दोषी लोकबहादुरले तेजबहादुर कार्कीसँग ऋण लिएका थिए । तेजबहादुरले उक्त रकमको ब्याज लिएको झोँकमा सामूहिक हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
सामूहिक हत्या घटनाका पछाडि आर्थिक लेनदेन मुख्य कारण भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् ।
लोकबहादुरकी आमा देवीमाया कार्कीको उपचारको लागि तेजबहादुरले केही पैसा ऋण दिएका थिए ।
पैसाको ब्याजसमेत लिएपछि तेजबहादुर र लोकबहादुबीच मनमुटाब भएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ ।
आरोपित लोकबहादुरकी आमाको गत वर्ष २६ चैतमा उपचारकै क्रममा धरानमा निधन भएको थियो ।
सोही बेला लोकबहादुरले तेजबहादुरको परिवारसँग उपचारको लागि ऋण मागेको खुलेको हो ।
लोकबहादुरको मानसिक अवस्थासमेत राम्रो नहुँदा तेजबहादुरको परिवारको सामूहिक हत्यासम्म पुगेको प्रहरीको भनाइ छ ।
घटनाको अनुसन्धानका खटिएका एक प्रहरीले लोकबहादुरले हत्या स्वीकार गरिसकेको दाबी गरेका छन् ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200&ssl=1)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया