हेटौँडामा सेनाद्वारा काण्ड गर्ने लामा पक्राउ
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2021/09/Gaja-Taskar-Hetauda.jpg?resize=810%2C462&ssl=1)
हेटौँडा । नेपाली सेनाले मकवानपुर जिल्लाको हाँडीखोलाबाट करीव १०४ किलो लागुऔषध गाँजासहित २८ वर्षीय बुद्धबहादुर ब्लोन लामालाई पक्राउ गरेको छ ।
पक्राउ परेका लामा हेटौडा उप–महानगरपालिका–३ हाँडीखोला निवासी हुन् ।
पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एल.आर.पी. टोलीले लामालाई मंगलबार पक्राउ गरेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विशेष सूचनाको आधारमा निकुञ्ज कोर ईलाका, भैँसेखोलामा अवैध रुपमा गाँजा लैजादै गरेको अवस्थामा सेनाले लामालाई गाँजा १०३.९२ किलो, मोबाइल सेट २ र झाला २ सहित पक्राउ गरेको थियो ।
लामालाई बरादम भएका सामानसहित पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200&ssl=1)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया