सीआईबीलाई काठमाडौं र रुपन्देहीमा सफलता
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2021/09/Pakrau-Police.jpg?resize=810%2C488&ssl=1)
काठमाडौं । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महाराजगञ्जको टोलीले बैंकिङ कसुर मुद्दामा सजाय पाएर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।
सीआईबीले काठमाडौं महानगरपालिका–२९ बस्ने ३६ वर्षीय विनम श्रेष्ठ र काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भएका ४८ वर्षीय प्रकाश श्रेष्ठलाई मंगलबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
सीआईबीबाट खटिएको प्रहरीले विनमलाई काठमाडौंको असनबाट पक्राउ गरेको थियो । प्रकाशलाई रुपन्देहीमा फेला पारी पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ ।
विनमलाई अदालतबाट ७ दिन कैद र १७ लाख ६५ हजार रुपियाँ जरिवाना फैसला गरेको छ ।
प्रकाशलाई ५ दिन कैद र ११ लाख ५० हजार जरिवाना अदालतले फैसला गरेको थियो ।
उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितहरूलाई झुक्यानमा पारी बैंक अफ काठमाडौं र सिद्धार्थ बैकको चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200&ssl=1)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया