बैंकहरूले कर्जा र निक्षेपको ब्याजदर बढाए, कुन बैंकको कति ?
काठमाडौं । अधिकांश बैंकहरूले निक्षेप तथा कर्जाको ब्याजदर बढाएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूमा केही समयअघिसम्म पर्याप्त लगानी योग्य रकम (तरलता) रहेको थियो ।
कोरोना संक्रमणको जोखिम कम हुँदै गएसँगै बैंकहरुमा तरलता घट्दै गएको छ । राष्ट्र बैंकका अनुसार अहिले बजारमा करिब १९ अर्ब रुपियाँमात्रै तरलता रहेको छ ।
निक्षेपमा सबैभन्दा बढी ब्याजदर सनराइज बैंकले दिने भएको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेपमा १० दशमलव ०७ प्रतिशत दिनेछ ।
धेरै ब्याजदर दिनेमा प्राइम कमर्सियल बैंक दोस्रो र मेगा बैंक तेस्रो नम्बरमा देखिएको छ । प्राइमले ९ दशमलव ७५ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको छ भने मेगाले ९ दशमलव ५५ प्रतिशत दिने बताएको छ । नबिल बैंकले मुद्दति निक्षेपमा ९.२६ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा ३.०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्दति निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिनेछ ।
क्र.सं | बैंक | उच्चतम् ब्याजदर (प्रतिशत) |
१ | सनराइज | १०.०७ |
२ | प्राइम | ९.७५ |
३ | मेगा | ९.५५ |
४ | एनएमबि | ९.५२ |
५ | सानिमा | ९.५१ |
६ | ग्लोबल आएमइ | ९.५० |
७ | एनसीसी | ९.२६ |
८ | नबिल | ९.२६ |
९ | सेन्चुरी | ९.२५ |
१० | सिभिल | ९.२५ |
११ | सिद्धार्थ | ९.०५ |
१२ | हिमालयन | ९.०० |
१३ | नेपाल इन्भेस्टमेन्ट | ९.०० |
१४ | लक्ष्मी | ९.०० |
१५ | बीओके | ८.७७ |
१६ | नेपाल बंगलादेश | ८.७६ |
१७ | माच्छापुछ्रे | ८.७५ |
१८ | एनआईसी एसिया | ८.६० |
१९ | एसबीआइ | ८.५५ |
२० | एभरेस्ट | ८.५० |
२१ | प्रभु | ८.२५ |
२२ | कुमारी | ८.१५ |
२३ | राष्ट्रिय वाणिज्य | ८.०६ |
२४ | नेपाल बैंक लिमिटेड | ८.०५ |
२५ | सिटिजन | ८.०० |
२६ | एडीबीएल | ८.०० |
२७ | स्टान्डर्ड चार्टर्ड | ७.५० |
फेसबुकबाट तपाईको प्रतिक्रिया