प्रधानमन्त्री ओलीको कार्यक्रम माओवादीद्वारा ‘बहिष्कार’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको कुटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरूसँगको बिफ्रिङ कार्यक्रमलाई सत्तासाझेदार माओवादी केन्द्रले बहिष्कार गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार कुटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरूलाई सम्बोधन गर्न ओलीले कुटनीतिक नियोगका प्रमुख र प्रतिनिधिलाई बोलाएका थिए । सो कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा एमालेका मन्त्रीहरूको सहभागिता रहेको थियो ।

तर, प्रधानमन्त्री ओलीको ब्रिफिङ कार्यक्रममा माओवादी केन्द्रका नेता तथा मन्त्रीहरू कोही पनि सहभागी नभएको उच्च स्रोतले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पनि ओलीको कार्यक्रममा गएनन् ।

एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको अवस्थामा पनि माओवादी केन्द्रका मन्त्रीहरु किन सहभागी भएनन् ? भनेर प्रश्न उठेको छ । माओवादीले यसबारेमा केही बताएको छैन ।

माओवादीले बहिष्कार गरेको कुटनीतिक नियोगहरूसँगको बिफ्रिङ कार्यक्रममा नआएकोमा विभिन्न अड्कलबाजी हुन थालेको छ ।

Published : Tuesday, 2018 March 27, 6:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया