दिल्लीसँग ‘दिल’ मिलेपछि ओली अब चीनतिर ‘लसक्क’

काठमाडौं । प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्के लगत्तै चीन जाने करिब निश्चित भएको छ ।

नयाँ दिल्लीबाट सिधै चीन उड्ने सुरुको योजनामा केही परिवर्तन गरी काठमाडौं फर्केर अर्को दिन चीन जाने ओलीको तयारी निरन्तर चलिरहेको थियो ।

नेपालबाट राजा र प्रधानमन्त्री तहबाट प्रतिनिधित्व हुँदै आएको फोरममा गतवर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र त्यसअघि ओली नै सहभागी भएका थिए ।

ओलीले भारतबाट फर्के लगत्तै चीन जाने गरी तयारी गर्न आइतबार परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएपछि भ्रमण निश्चित भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारतको औपचारिक भ्रमण गर्दैछन् । २५ गते काठमाडौं फर्केर २६ गते चीनको हाइनानस्थित बोआओमा हुने बोआओ एसिया फोरममा सहभागी हुन ओली त्यसतर्फ जान लागेका हुन् ।

ओलीले लगत्तै चीन जाने योजना अनुसार नै भारत भ्रमणलाई तीन दिनमा सिमिति गरेको र २४ चैतदेखि भ्रमण आयोजना गर्न दिल्लीले राखेको प्रस्तावलाई एक दिन अगाडि सारेर चैत २३ बनाएको विश्वास धेरैको छ ।

Published : Monday, 2018 April 2, 10:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया